ad ad

कारोबार


टारोका बाइक किन्दा ३० हजारसम्म छुट, १ जनालाई ५ वर्ष करछुट

टारोका बाइक किन्दा ३० हजारसम्म छुट, १ जनालाई ५ वर्ष करछुट

नेपालखबर
भदौ १९, २०७९ आइतबार ११:४१, काठमाडौँ

ओम मोटोकर्प प्रालिमार्फत नेपालमा बिक्रीवितरण हुँदै आएको इटालियन ब्राण्ड टारोले दसैँ अफर ल्याएको छ। 

कम्पनीले यही भदौ १९ बाट कात्तिक १५ सम्म लागू हुने गरी ‘४ को चमत्कार, बाइक पनि बचत पनि’ अफर सार्वजनिक गरेको हो। 

उक्त अफरअन्तर्गत कम्पनीले आफ्नो ग्राहकहरुलाई उचित छुट दिई, छुटमार्फत बचत पनि हुने उद्देश्यले आफ्नो बाइकहरुमा ३० हजार रुपैयाँसम्म नगद छुट तथा स्कुटरको खरिदमा १५ हजार रुपैयाँ छुट पाइनेछ। 

कम्पनीले बम्पर अफरमा गोलाप्रथाद्वारा १ जना भाग्यशाली खरिदकर्ताले ५ वर्षको कर छुटको अफर पनि ल्याएको छ। ग्राहकहरुले कम्पनीको शोरुममा गई टेस्ट राइड तथा पोज एन्ड पोस्ट क्याम्पेनअन्तर्गत फोटो खिची लाइक र सेयर गर्दा हात खाली नहुने उपहार समेत जित्न सक्नेछन्। 

हाल उक्त ब्रान्डको ३ लाख ३० हजार पर्ने इमोला १५० को स्कुटर र ५ लाख ५० हजार पर्ने जीपी२ २००सीसी, ६ लाख ५० हजार पर्ने जीपी १ २५०सीसी र ९ लाख ५० हजार पर्ने जीपी१ ४००सीसीका बाइकहरु नेपाली बजारमा उपलब्ध छन्। 

एसजी ग्रुपअन्तर्गतको यस प्रालिले अबको दिन यी ब्राण्डका बाइक तथा स्कुटर आफ्नो मोटरहेडको शोरुमहरुबाट पनि उपलब्ध हुने व्यवस्था गरेपश्चात् आफ्नो उक्त ब्राण्डमा ग्राहकहरुको पहुँच यस इटालियन ब्राण्डमा सहज रुपले हुने विश्वास कम्पनीको रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .