ad ad

कारोबार


भारतमा सर्वाधिक बिक्री हुनेमा पर्‍यो मारुती ब्रेजा, अगस्टमा कति भयो बिक्री?

भारतमा सर्वाधिक बिक्री हुनेमा पर्‍यो मारुती ब्रेजा, अगस्टमा कति भयो बिक्री?

नेपालखबर
भदौ २१, २०७९ मंगलबार १३:५६, काठमाडौँ

भारतीय एसयूभी बजारमा लामो समययता सर्वाधिक बिक्रीमा पहिलो नम्बरमा रहेको टाटा नेक्सनलाई मारुती सुजुकीको ब्रेजाले अगष्ट महिनामा पछाडि पारेको छ। 

योसँगै ब्रेजा भारतमा सर्वाधिक बिक्री हुनेमा पहिलो नम्बरमा परेको हो। 

अगष्ट महिनाको सेल्स रिपोर्टमा कम्पनीहरुबीच धेरै हेरफेर देखिएको छ। उक्त महिनामा मारुती सुजुकीले ह्याचब्याकसँगै अब एसयूभी सेग्मेन्टमा पनि पकड जमाएको छ। यो वर्ष मारुती सुजुकीले धेरै स्वरुप र फिचरसाथ अल न्यु ब्रेजा सार्वजनिक गरेको छ। 

जसको सुरुवाती मूल्य (एक्स शोरुममा) ७ लाख ९९ हजार भारु छ। यता दोस्रो सर्वाधिक बिक्री हुनेमा परेको टाटा नेक्सनको मूल्य ७ लाख ६० हजार भारु छ। 

अगस्ट महिनामा ब्रेजा १५ हजार १ सय ९३ युनिट बिक्री भएको रिपोर्टले देखाएको छ। टाटा नेक्सनको भने १५ हजार ८५ युनिट बिक्री भएको छ। नेक्सनको तुलनामा ब्रेजा १०८ युनिट बढी बिक्री भएको छ। 

झण्डै ८ महिनापछि ब्रेजाले टाटा नेक्सनको ठाउँ खोसेको हो। नयाँ ब्रेजा सार्वजनिक भएसँगै ग्राहकहरु यसतर्फ आकर्षित भएको देखिएको छ। ब्रेजा लन्चअघि नै ४५ हजार युनिट बुक भइसकेको थियो। 

यी हुन् भारतका ५ सर्वाधिक बिक्री हुने एसयूभी 
रिपोर्टअनुसार तेस्रो नम्बरमा हुन्डाईको क्रेटा सर्वाधिक बिक्री भएको छ। यो १२ हजार ५ सय ७७ युनिट बिक्री भएको देखिएको छ। टप १० कारमा टाटा पञ्च पनि सामेल छ। यो कार १२ हजार ६ वटा बिक्री भएको छ। 

मूल्यको कुरा गर्दा भारतमा टाटा नेक्सनको ७ लाख ६० हजारदेखि १४ लाख ८ हजारसम्म पर्छ। त्यस्तै मारुती ब्रेजाको मूल्य ७ लाख ९९ हजारदेखि १३ लाख ९६ हजार भारुसम्म पर्न आउँछ। हुन्डाई क्रेटाको मूल्य १० लाख ४४ हजारदेखि १८ लाख १८ हजार भारुसम्म पर्छ।

टाटा पञ्चको मूल्य ५ लाख ९३ हजार भारुदेखि ९ लाख ४९ हजार भारुसम्म पर्छ। यो सबै एक्स शोरुम मूल्य हो।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .