चौधरी समूह (सीजी)ले नयाँ विद्युतीय गाडी ब्रान्ड आयन वाई नेपाल भित्र्याएको छ । थापाथलीमा नयाँ शोरुम स्थापनासँगै जीएसी आयन ब्राण्डको ईभी बिक्री सुरु गरेको हो।
यसलाई कम्पनीले १८ र १९ इन्चको ह्विल अप्सनमा चीनमा बिक्री गर्दै आएको छ। चिनियाँ बजारमा उपलब्ध आयन वाईको ग्राउन्ड क्लियरेन्स १८३ एमएम मात्रै छ।
गाडीमा १०.२५ इन्चको ड्राइभर इन्फर्मेसन डिस्प्ले र १४.६ इन्चको इन्फोटेन्टमेन्ट सिस्टम छ। गाडीमा कप होल्डर, वायरलेस चार्जरको सुविधा पनि छ।
जीएसी आयन वाईमा ६१.५किलोवाट आवर क्षमताको एलएफपी ब्याट्री दिइएको छ। गाडीले सिंगल चार्जमा ५०० किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दाबी छ।
गाडीमा १०० किलोवाटको मोटर छ। यसले १७६ एनएम टर्क क्षमता जेनेरेट गर्छ। गाडीको लम्बाइ ४५३५० एमएम, चौडाइ १८७० एमएम र उचाइ १६५० एमएम छ। यसमा २७५० एमएमको ह्विलबेस पाउन सकिन्छ।
चाैधरी ग्रुपका निर्देशक निर्वाण चाैधरीले नेपालमा १० मध्ये ७ वटा विद्युतीय गाडी बिक्री भइरहेकाे बताए। उनले जीएसी ब्रान्डले बीवाईडीसँग प्रतिस्पर्धा गर्ने बताए।
करिब ४० वर्षअघि सार्वजनिक भएकाे शाेरूममा जीएसी सार्वजनिक गरिएकाे छ। चाैधरीले मारूती सुजुकीजस्तै जीएसी पनि सफल हुने विश्वास व्यक्त गरे।
आयन वाई माेडलकाे मूल्य ५४ लाख ९९ हजार रूपैयाँ ताेकिएकाे छ।
चौधरी समूहले नेटाकाे यु माेडल र स्मार्ट ब्रान्डको विद्युतीय गाडी पनि नेपाली बजारमा भित्र्याउँदै छ।
सीजी माेटर्सले केवाईसी र किङलङ्गका विद्युतीय भ्यान समेत बिक्री गरिरहेकाे छ।
Shares
प्रतिक्रिया