रोयल इन्फिल्डले ‘हन्टर कार्निभल’ आयोजना गर्ने भएको छ।
निरन्तर उत्पादनमा सबैभन्दा पुरानो मोटरसाइकल ब्रान्ड रोयल इनफिल्डको लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटिभ प्रा. लि. ले कार्निभल आयोजना गर्न लागेको हो।
कम्पनीले हालसालै बजारमा ल्याएको हन्टर ३५० मोटर साइकलको कार्निभल यही फागुन १२ गते इजी वे ट्रायल सेन्टर, शंखमूलमा हुने अटोमोटिभले जनाएको छ।
कार्यक्रममा टेष्ट राइड, स्लो रेस कम्पिटिसन, रोयल इनफिल्ड गियर एण्ड जि एम ए प्रर्दशनी, मोटर साइकल एक्सचेन्ज क्याम्प, हेरिटेज कर्नर, भिन्टेज तथा कस्टमाइज्ड मोटर साइकल परेड, फुड स्टलहरु र म्युजिकल पर्फमेन्स्लगायतका कार्यक्रमहरु हुनेछन्।
30
Shares
प्रतिक्रिया