अग्नी ग्रुपले विश्वकर्मा पूजा, दशैं, तिहार र छठ पूजालाई लक्षित गरी ल्याएको “महिन्द्रा उत्सव २०२३” विशेष योजनाको विजेता घोषणा गरेको छ।
कम्पनीले मंगलबार एक कार्यक्रम आयोजना गरी बम्पर लक्की ड्र मार्फत पुरस्कार विजेताको घोषणा गरेको हो।
उक्त कार्यक्रममा महिला राष्ट्रिय भलिबल खेलाडी( सशस्त्र प्रहरी बल, नेपालका सरस्वती चौधरी, अग्नी ग्रुपका प्रबन्ध निर्देशक क्याबिनेट श्रेष्ठ, महिन्द्रा एन्ड महिन्द्रा इन्डियाबाट नेपालका लागि कन्ट्री म्यानेजर रक्षित राय, महिन्द्रा र महिन्द्रा लास्ट माइल मोबिलिटीका प्रतिनिधि दिपक कुमार, अग्नी ग्रुपका उपनिर्देशक बरदान बस्नेतका साथै स्थानीयको उपस्थिति थियो।
३ भाग्यशाली विजेताहरुमा वीरगन्जका आदेश कुँवरले महिन्द्रा इलेक्ट्रिक तीन पाङ्ग्रे रिक्सा–ट्रियो यारीे, बिर्तामोड निवासी मिसेक फयाकले जावा –फोर्र्टी टु मोटरसाइकल, चरिकोटबाट देवकोटा निर्माण सेवा प्रा.लीले पाँच केभीए महिन्द्रा पावरोल जेनेरेटर जितेका छन्।
विजेताहरुलाई स्थानीय कार्यक्रममार्फत उपहार प्रदान गरिने कुरा कम्पनीले जानकारी दिएको छ।
Shares
प्रतिक्रिया