ad ad

कारोबार


स्काईवेल ईटी ५ : फुलचार्जमा ढुक्कले पुगिन्छ काठमाडौंबाट सिलिगुडी


सरोज बैजु
जेठ १ , काठमाडौँ

विद्युतीय गाडी किन्दा धेरैको चासो हुन्छ– फुल चार्ज हुँदा कति गुड्छ? चलाउँदै जाँदा बीचमै चार्ज सकियो भने के गर्ने? 

यो प्रश्न स्वाभाविक पनि हो। किनकि सबै ठाउँमा पर्याप्त चार्जिङ स्टेसन छैनन्। कम्पनीहरुको वाचाअनुसार रेन्ज नदिँदा कतिपय चालक लामो दूरीमा जान अझै डराउँछन्। 

तर अब जी मोटर्सले त्यसको पनि समाधान दिएको छ। कम्पनीले नेपालमा लामो दूरीको चिन्ता हटाउने गाडी भित्र्याएको हो। 

चिनियाँ ब्रान्ड स्काई वेलको इटी ५ मोडलले एक पटक चार्ज गर्दा काठमाडौंदेखि भारतको सिलिगुडीसम्मै सरर पुर्‍याइदिन्छ। गाडीमा १५० किलोवाटको मोटर पावर छ। ८६ किलोवाटको ब्याट्री छ।

एक पटक फुल चार्ज गरेपछि ढुक्कले ६२० किलोमिटरसम्मको रेन्ज दिन्छ। जुन लामो दूरीमा जाने गाडी प्रयोगकर्ताका लागि खुसीको खबर हो। 

इलेक्ट्रोनिक्स ग्याजेट्स बनाउने कम्पनी स्काई वर्थको विद्युतीय गाडी हो स्काई वेल। उक्त कम्पनीले स्काई वेल ब्रान्डमा गाडी बजारमा ल्याएको छ। कम्पनीले आफ्नै उत्पादन गर्ने ब्याट्री ‘स्काई सेल’ प्रयोग गर्छ। हालसम्म नेपालमा भित्रिएका गाडीमा सबैभन्दा बढी रेन्ज यही नै हो। 

गाडीमा एसी र डीसी दुवै चार्जर प्रयोग गर्न सकिन्छ। घरमै ११ किलोवाटसम्मको चार्जर समेत प्रयोग गर्न मिल्ने विकल्प छ। ७ किलोवाट चार्जरमा ८ देखि १० घण्टा लाग्छ भने ११ किलोवाटको चार्जरबाट ३ देखि ४ घण्टामा ब्याट्री फुल हुन्छ। नेपाल विद्युत् प्राधिकरणको चार्जरबाट त अझ छिटो हुन्छ। यसले ९० किलोवाटसम्मको डीसी चार्जर सपोर्ट गर्छ।

यो गाडीले ३ सेकेन्डमै ९० (किमि/घण्टा)को गति लिन सक्छ। यसको ग्राउन्ड क्लियरेन्स उच्च र इन्डिपेन्डेन्स सस्पेन्सन भएकाले ग्राभेल सडकमा कुदाउँदा समेत थकान महशुस कम हुन्छ।

गाडीले एनक्याप, सीएनक्याप, ग्लोबल एनक्यापमा फाइभ स्टार सेफ्टी रेटिङ पाइसकेको छ। बजारमा धेरै क्रसओभर एसयूभीमा उपलब्ध छन्। स्काईवेलले भित्र्याएको मोडल पूर्ण एसयूभीमा भित्रिएको छ। 

एक्सिलेटर नथिची गुड्ने, आफैँ पार्क हुने फिचर 
स्काई वेलको यो गाडी आधुनिक फिचरले भरिपूर्ण छ। यसको क्रुज सिस्टमले ४० भन्दा बढीको गतिमा गाडी कुदाउँदा एक्सिलेटर थिच्नुपर्दैन स्टेरिङबाटै स्पिड कन्ट्रोल हुन्छ। 

राजमार्गमा गाडी कुदाउँदा क्रुज सिस्टमले सजिलो बनाउने फिचर छ। गाडीमा भ्वाइस कमान्डदेखि फोन उठाउने काट्ने स्टेरिङबाटै गर्न सकिन्छ। 

गाडीलाई ३ वटा मोडमा कुदाउन सकिन्छ। कम्फर्ट मोडमा स्टेरिङ ‘लुज’ हुन्छ भने स्पोर्ट मोडमा चलाउँदा ‘हार्ड’ हुन्छ। 

गाडीमा एचडीसी मोड पनि छ। यस मोडमा ओरालो झर्दा आफैँ ब्रेक लाग्छ। गाडीमा अर्को ईसीएस मोड छ। अफरोड सडक वा हिउँ भएको सडकमा गाडी कुदाउँदा यसले चिप्लिन दिँदैन। गाडी फोरह्विल नभए पनि ईसीएस मोडले त्यसको परिपूर्ति गरिदिएको छ। 

यसबाहेक गाडीमा पानारोमिक सनरुफ छ। जसबाट प्रकृतिको आनन्द लिन सकिन्छ। ४६७ लिटरको बुट स्पेस रहेको गाडीमा पछाडि यात्रु बस्ने सिट फोल्ड गर्दा ११ सय लिटर क्षमताको बन्छ। गाडीमै बेड राखेर सुत्न समेत सकिन्छ। 

गाडीमा अटो पार्किङ सिस्टम छ। यसले कुन साइडमा पार्किङ गर्ने बटन थिचेसँगै गाडी आफैँ अटो पार्कमा जान्छ। 

स्काई वेलको गाडीबाट अर्को गाडी समेत चार्ज गर्न सकिन्छ। ४०–५० किलोवाटआवर क्षमता ब्याट्री भएका गाडी चार्ज गर्न सकिन्छ। गाडीले १० एम्पियर अधिकतम र न्यूनतम २२० भोल्ट पावर फाल्छ। यसबाट ल्यापटप लगायत विद्युतीय सामग्री सहजै चार्ज गर्न सकिन्छ।

पछाडिको सिट एडजस्टेवल छन्। आफ्नो सहजताअनुसार प्रयोग गर्न सकिन्छ। 

१ करोड ९ लाख मूल्य, ८ वर्षको वारेन्टी
एरो डाइनामिक लुक्समा प्रिमियम एसयूभी हो स्काईवेल ईटी ५। गाडीको पछिल्लो भागमा प्यानारोमिक टेल ल्याम्प देख्न सकिन्छ। स्काई वेल ब्रान्डलाई आकर्षक रुपमा प्रस्तुत गरिएको छ।

गाडीको चारैतर्फ राडार राखिएको छ। जसले नजिकै कुनै गाडी वा वस्तु आउँदा साइरन बज्छ। गाडीमा भएको हेडलाइटले ३ सय मिटर परसम्म उज्यालो पुग्छ। रातिको समयमा राजमार्गमा गाडी कुदाउन सहज बनाउँछ। अर्थात् राति पनि दिनमा गाडी कुदाएकै अनुभव गर्न पाइन्छ। गाडीमा ६ वटा एयर ब्याग छन्। 

गाडीमा १९ इन्चको डाइमन्ड कट अलोय ह्विल (टायर) छ। जसले गाडीको ग्राउन्ड क्लियरेन्स १९७ एमएम दिन्छ। नेपालको सडक अवस्थाअनुसार कच्ची वा खाल्डाखुल्डीमा चलाउँदा गाडी छुन्छ कि भनी डराउनुपर्दैन। युरो मापदण्डमा भेन्टिड डिस्क समेत यसमा छ।

गाडीलाई पार्किङ गरी केही समयपछि गाडीमा छिर्दा घामको कारणले गाडी धेरै तातेको फिल हुन्छ। गाडीका सिसा र एयर पानोरोमिक ‘की बटन’ प्रयोग गरी टाढैबाट खोल्न सकिन्छ। गाडीमा बाहिरको हावा पस्ने भएकाले चढ्दा गर्मीको अनुभूति कम हुन्छ। गाडीमा सिसा लगाउन बिर्सिए ५ मिनेटपछि आफैँ लाग्ने सुविधा छ। 

पछाडिको भागबाट २५४ एमएमको ग्राउन्ड क्लियरेन्स छ। गाडीको तल्लो भागबाट ग्राउन्ड क्लियरेन्सको हिसाब गर्दा १९७ एमएम छ। गाडीको बुट स्पेस अर्थात् डिक्की खोल्न साथमा चाबी भए तल खुट्टा हल्लाउँदा खुल्छ। 

ईटी ५ को मूल्य १ करोड ९ लाख रुपैयाँ तोकिएको छ। ८० प्रतिशतसम्म बैंक फाइनान्स सुविधा छ। ग्राहकले ७ वर्षसम्म किस्तामा पनि यो मूल्य तिर्न सक्छन्। 

कम्पनीले यसका क्रेतालाई ८ वर्ष वा २ लाख किलोमिटर वारेन्टी दिएको छ। नेपालमा अहिले ४ वटा रंगमा यो गाडी उपलब्ध छ। 

भिडिओ 

थप तस्बिर

सबै तस्बिर/भिडिओ : सरोज बैजु/नेपालखबर

जेठ १, २०८१ मंगलबार ११:५३

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .