लक्ष्मी ग्रुपले चिनियाँ ब्रान्डको विद्युतीय गाडी भित्र्याउने भएको छ।
लक्ष्मी ग्रुपअन्तर्गतको लक्ष्मी इमोबिलिटीले नेपालमा ल्याउन लागेको हो।
एक्स ३ प्रो मोडलको गाडी नेपालमा ल्याउने भएको छ। गाडीमा १२० किलोवाटको मोटर क्षमता छ।
कम्पनीले नेपालमा ५२ लाख ९६ हजार रुपैयाँ तोकेको छ।
एक्स ३ प्रो कायी कम्प्याक्ट क्रस ओभर गाडी हो। चिनियाँ बजारमा २०२१ मा सार्वजनकि गरिएको थियो।
गाडीमा ५३.६ किलोवाट आवरको ब्याट्री रहेको छ। एक पटकको चार्जमा ४०० किमी बढी कुद्ने कम्पनीले उल्लेख गरेको छ।
लक्ष्मी ग्रुपले चारपांग्रेमा कोरियाली हुन्डाई, बीएमडब्लु गाडी र दुईपांग्रेमा हिरोका इलेक्ट्रिक स्कुटर बिक्री गरिरहेको छ।
1.1k
Shares
प्रतिक्रिया