ad ad

कारोबार


हिरो एक्सचेन्ज १५ गतेसम्म, यस्ता छन् मूल्यांकन, नगद छुट र अन्य सुविधा

हिरो एक्सचेन्ज १५ गतेसम्म, यस्ता छन् मूल्यांकन, नगद छुट र अन्य सुविधा

नेपालखबर
असार ६, २०८१ बिहिबार ११:४५, काठमाडौँ

नेपालका लागि हिरो मोटोकर्पका आधिकारिक बिक्रेता सीजी मोटर्सले पहिलोपटक ‛हिरो एक्सचेन्ज ’ र इभल्भ सोरुम एक्सचेन्ज आयोजना गर्ने भएको छ। 

उक्त अफर बिहीबारबाट सुरु भएर असार १५ गतेसम्म सञ्चालन हुनेछ। नेपालभर चल्ने उक्त मेलामा ग्राहकले कुनै पनि ब्रान्डका मोटरसाइकल एक्सचेन्ज गर्दा बजार मूल्यांकनभन्दा ८ हजार बढीको मूल्यांकन पाउने आयोजकले जनाएको छ। 

साथै, एक्सचेन्ज अफरमा ७ हजार रुपैयाँसम्मको नगद छुट तथा नि:शुल्क हेल्मेट पनि वितरण गरिने आयोजकले जनाएको छ। एक्सचेन्ज अफरमा ग्राहकहरुले हिरो एक्स पल्स, सुपर स्प्लेन्डर, स्प्लेन्डर प्लस, स्प्लेन्डर र जुमका दुई प्राङग्रे सवारी लिन सक्नेछन्।

सीजी मोटर्सले हिरो मोटोकर्पसँग मिलेर केही समयअघि मात्रै नेपालमा आक्रामक व्यापार योजना घोषणा गरेको छ।

साथै, नवलपरासीको सीजी इन्डस्ट्रियल पार्कमा प्रतिवर्ष ७५ हजार युनिट मोटरसाइकल एसेम्बल गर्नसक्ने क्षमताको अत्याधुनिक प्लान्टको उद्घाटन समेत गरिसकेको छ। हिरोका मोटरसाइकल तथा स्कुटरहरू अहिले नेपाली भूमिमै एसेम्बल भइरहेका छन्।

नेपालमा सबैभन्दा बढी बिक्री हुने मोटरसाइकल ब्रान्डमध्येको एक हिरोले नयाँ बेन्चमार्कहरू समेत कायम गर्दै आएको कम्पनीले जनाएको छ। सीजी मोटर्सले हाल नेपालका विभिन्न स्थानहरूमा ५० भन्दा बढी हिरो सोरुमको नेटवर्क सञ्चालन गरिरहेको छ।

साथै, सीजी मोटर्सनिकट भविष्यमा थप सोरुम खोल्ने प्रक्रियामा रहेको छ। यसबाहेक, सीजी मोटर्सले बढ्दो ग्राहकहरूको संख्यालाई ध्यानमा राख्दै नेपालभर सेल्स, सर्भिस तथा स्पेयर पार्टस नेटवर्कलाई द्रुत रूपमा विस्तार गरिरहेको छ।

सुपर स्प्लेन्डर, स्प्लेन्डर प्लस, एक्स पल्सका साथै नयाँ जुम १ सय १० स्कुटर बीएस सिक्स एसआई सीजी मोटर्सले नेपालमा भित्र्याएको छ। साथै, सो उत्पादनमा युनिक फिचर समेत रहेको कम्पनीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .