चिनियाँ ईभी ब्रान्ड बीवाईडीले टर्कीमा प्लान्ट विस्तार गर्ने भएको छ।
टेस्लाको प्रतिस्पर्धीका रुपमा उदाएको कम्पनीले त्यहाँ बन्ने प्लान्टमा १ अर्ब डलर खर्च गर्ने सम्झौता गरेको हो।
बीवाईडीले चीनबाहिर उत्पादन प्लान्ट विस्तारलाई जोड दिइरहेको छ। नयाँ प्लान्ट प्रतिवर्ष डेढ लाख कार उत्पादन गर्नसक्ने क्षमताको हुनेछ।
यसबाट ५ हजार रोजगारी सिर्जना हुनेछ भने २०२६ को अन्त्यसम्म उत्पादन सुरु हुनेछ।
टर्कीका राष्ट्रपति रेसेप टायिप एर्डोगान र बीवाईडीका प्रमुख कार्यकारी वाङ चुआनफुको उपस्थितिमा यससम्बन्धी सम्झौतामा हस्ताक्षर भएको हो।
पछिल्लो समय चिनियाँ ईभी निर्माता र युरोप तथा अमेरिकाबीच कर विवाद बढिरहेको बेला बीवाईडीले उक्त सम्झौता गरेको हो। बीबीसीबाट
78
Shares
प्रतिक्रिया