ad ad

कारोबार


नाडा अटो सोमा २ ब्रान्डका ६ मोडल प्रदर्शनीमा राख्दै लक्ष्मी ग्रुप

यस्ता छन् मूल्य र फिचर
नाडा अटो सोमा २ ब्रान्डका ६ मोडल प्रदर्शनीमा राख्दै लक्ष्मी ग्रुप

नेपालखबर
भदौ ४, २०८१ मंगलबार १७:५१, काठमाडौँ

नाडा अटो सोमा लक्ष्मी ग्रुपले २ ब्रान्डका ६ मोडल प्रदर्शनीमा राख्ने भएको छ।

लक्ष्मी ग्रुप आधिकारिक बिक्रेता रहेको हुन्डाई र केईका आधा दर्जन मोडल प्रदर्शनीमा राखिने भएको हो।

नाडा अटो सोमा अधिकांश कम्पनीले विद्युतीय गाडी मात्रै लक्षित गरेकोमा लक्ष्मी ग्रुपले पेट्रोल र विद्युतीय दुवै मोडल राख्ने भएको छ।

हुन्डाईको आकर्षक रुपमा क्रेटाको फेसलिफ्ट र नेपालमै बनेको भेन्यु गाडी हुनेछन्। 

पुरानो गाडीको तुलनामा फेसलिफ्टमा धेरै फिचर्स थपिएका छन् भने केही परिष्कृत समेत भएका छन्। लक्ष्मी हुन्डाईले नेपालमा सन् २०१५ बाट क्रेटाको बिक्री सुरु गरेको थियो। 

फेसलिफ्टको रुपमा नयाँ क्रेटाको अगाडि भागमा प्यारामेट्रिक ब्ल्याक क्रोम ग्रिल, स्लिक क्वाड बिम एलईडी हेडल्याम्प र नयाँ डिजाइनको बम्पर राखिएको छ। साथै यसमा आकर्षक साइड लाइन र नयाँ एलोय ह्विलहरू पनि छन्। 

यसमा दुवै स्क्रिन समान १०.२५ इन्चका छन्। ८ स्पिकर बोस साउन्ड सिस्टम, एम्बर एम्बियन्ट लाइटिङ, प्यानोरामिक सनरूफ, भेन्टिलेटेड सिटहरू र डुअल–जोन अटोमेटिक क्लाइमेट कन्ट्रोल जस्ता विशेषताहरू समावेश छन्। 

नयाँ क्रेटामा ३० भन्दा बढी उन्नत सुरक्षा सुविधाहरू छन् यसले ६ एयरब्याग, ३६० डिग्री क्यामेरा, सराउन्ड भ्यू मोनिटर, ब्लाइन्ड स्पट भ्यू मोनिटर, अटो होल्डसहितको इलेक्ट्रिक पार्किङ ब्रेक र टायर प्रेसर मोनिटरिङ्ग सिस्टम रहेको छ। 

एडास फिचरअन्तर्गत लेन किप एण्ड फलोइङ असिस्ट, लेन डिपार्चर वार्निङ, एडाष्टिभ क्रुज कन्ट्रोल, फ्रन्ट कोलिसन एभाइडेन्स, ब्लाइन्ड स्पट भ्यू मनिटर र ड्राइभर अटेन्सन वार्निङ लगायत छन्।

नयाँ हुन्डाई क्रेटाको प्रारम्भिक मूल्य ५५ लाख ९६ हजार रुपैयाँ तोकेको छ। नेपालमा विद्युतीय गाडीतर्फ ग्राहक आकर्षण हुँदै गए पनि लामो दूरीमा गुडाउनेले पेट्रोलकै गाडी खरिद गर्दै आएका छन्। फेसलिफ्टलाई लक्जरियर्स फिचर्स थप गरी ल्याएकाले पूर्ण फिचर्स पाउनेछन्। 

‘नाडा अटो सोमा हुन्डाईको क्रेटा नै मुख्य प्रोडक्टको रुपमा रहन्छ’, लक्ष्मी इन्कर्पोरेटका बिक्री महाप्रबन्धक दीपक थपलिया भन्छन्, ‘नेपालमै बनेको भेन्युसमेत आकर्षक गाडीको रुपमा हुनेछ।’

केईका ३ मोडल प्रदर्शनीमा राख्ने 
चिनियाँ ब्रान्ड केईको आधिकारिक बिक्रेता रहेको लक्ष्मी ईमोबिलिटीले आउँदै गरेको नाडा अटो सोमा ३ वटा मोडल प्रदर्शनीमा राख्ने जानकारी दिएको छ। एच १६ मा केईका ब्रान्डका मोडल प्रर्दशनीमा राख्नेछ। 

कम्पनीले नक्सालमा सोरुम राखेर केईका गाडीको बुकिङ गरे पनि सार्वजनिक गरिसकेको छैन। एक्स ३ प्रो डिलक्सको मूल्य ४६ लाख ९६ हजार र फ्लागसिपको मूल्य ४८ लाख ९६ हजार रुपैयाँ राखेर कम्पनीले बुकिङ गरिरहेको छ। 

केई एक्स ३ प्रोको रेन्ज ४०१ किलोमिटर छ। १२० किलोवाटको मोटर पावर रहेको गाडीमा ५३.६ किलोवाटआवर ब्याट्री छ। गाडीको अधिकतम गति प्रतिघण्टा १५० किमि छ। एक्स ३ प्रोको ग्राउन्ड क्लियरेन्स १८२ एमएम छ। ५ सिटे गाडीमा फास्ट चार्जरबाट ५० मिनेटमा फुल चार्ज हुन्छ भने नर्मल चार्जरबाट ८ घण्टा लाग्छ।  

नेपालमा लक्ष्मी ग्रुपले सन् २००९ यता हुन्डाईको आधिकारिक बिक्रेता भएको छ। लक्ष्मी इन्टरकन्टिनेन्टलले छाटो समयमा हुन्डाईका थुप्रै मोडल बिक्री ग¥यो जसमा के्रटा, आई १०, भेन्युका मोडल सबैभन्दा बढी बिक्री भए। 

लक्ष्मी ग्रुपले नवलपरासीलाई गाडी एसेम्बल उद्योग खोलेर उत्पादन भएका गाडी बजारमा ल्याइसकेको छ। अहिले भेन्यु उत्पादन गरिररहेको कम्पनी आई १० र क्रेटा उत्पादनको तयारीमा छ। 

त्यसबाहेक लक्ष्मी ग्रुप सन् २०२० बीएमडब्लुका प्रिमियम गाडी बिक्री थालेको छ। लक्ष्मी कमर्सियल भेहिकलमार्फत एसएमएल इसुजुका बस र ट्रक पनि बिक्री गर्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .