ad ad

कारोबार


सुजुकी ‘पर्वोत्सव’ योजना : ईभीमा जस्तै नयाँ स्विफ्टमा ५ वर्षको लागि शून्य रनिङ्ग खर्च

सुजुकी ‘पर्वोत्सव’ योजना : ईभीमा जस्तै नयाँ स्विफ्टमा ५ वर्षको लागि शून्य रनिङ्ग खर्च

नेपालखबर
भदौ १२, २०८१ बुधबार १५:४, काठमाडौँ

नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी होल्डिंग्सको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले यस दसैँ तिहारभरका लागि आकर्षक ग्राहक योजना ‘सुजुकी पर्वोत्सव अफर’ सार्वजनिक गरेको छ।

योजनाअन्तर्गत ग्राहकले चार लाख रुपैयाँसम्मको नगद छुट, १ वर्षको सवारी बीमा, २० हजारसम्मको लोयल्टी बोनस, एक  लाख रुपैयाँसम्मको  एक्सचेन्ज बोनस र सिट कभरसहितको एक्सेसरिजहरु पाउन  सक्नेछन्। 

कम्पनीले नाडा अटो शो लक्षित गरी शो कार्यक्रमभर खरिद गर्ने ग्राहकलाई स्क्राच कार्डमार्फत थप दुई  लाख रुपैयाँसम्मको छुट प्रदान गर्नेछ। यसमा केही शर्तहरु लाग्ने कम्पनीले जनाएको छ।  

नाडा अटो शोमा सुजुकीले सार्वजनिक गरेको चौथौं संस्करणको नयाँ एपिक स्विफ्ट, इलेक्ट्रिक कारमा जस्तै ५ वर्षको लागि शुन्य रनिङ्ग खर्च हुने गरी अफर पनि ल्याएको छ ।यो अद्वितीय योजनाले नयाँ स्विफ्ट ग्राहकहरूले रनिङ्ग खर्चको बोझविना ढुक्कको ड्राइभिङ अनुभव लिन सक्ने कम्पनीले जनाएको छ। 

यस्तो छ योजना 
१ . शून्य रनिङ्ग खर्च :
स्विफ्ट खरिद गर्ने नयाँ ग्राहकले ५ वर्षसम्म पेट्रोलमा खर्च गर्नुपर्नेछैन भने ५ वर्षको लागि मर्मतसम्भार र पीएमएस पार्ट्स र इन्जिन आयलमा पनि केही खर्च गर्नुपर्नेछैन। कम्पनी को मापदण्ड अनुसारको ११ वटै नियमित सर्भिसमा पनि केही शुल्क नलाग्ने

२ . फ्री अटो बिमा र एक्सेसरिज : यो योजनामा थप १ वर्षको बिमा र सिट कभरसहितको सुजुकी जेनुइन एक्सेसरिजहरु पनि निःशुल्क पाउने 

३ . थप अतिरिक्त वारेन्टी र एक्सचेन्ज बोनस : बिक्रीपछिको रिसेल भ्यालुप्रति मनोबल अझै बढाउन ५ वर्षपछि २ लाख एक्सचेन्ज बोनस ग्यारेन्टी र ५ वर्षको ढुक्क वारेन्टी 

४ . उच्च रिसेल भ्यालु : स्विफ्टको विगतदेखि उच्च रिसेल भ्यालु भएको गाडी हो, थप एक्सचेन्ज बोनसले ग्राहकलाई भविष्यमा बिक्रि गर्दा फाइदा हुने 

यो योजना नेपालभर रहेका सुजुकी गाडीका ३५ वटै सोरूमहरुमा पनि लागू हुने कम्पनीले जनाएको छ। सुजुकीका विभिन्न मोडेलहरुका कारहरुबमोजिम फरक फरक हिसाबका छुटहरु लागू हुनेछन्। 

नाडा अटो सोमा सुजुकीले चौथौं संस्करणको नयाँ एपिक स्विफ्ट पनि सार्वजनिक गरेको हो। 

नयाँ एपिक स्विफ्टसँगै नाडा अटो सोमा सुजुकीका नया एसयुभीहरु जिम्नी, फ्रोन्क्स, ग्रान्ड भितारा र  नया ब्रेजा डिस्प्लेमा हुने कम्पनीले जनाएको छ।  

यो योजना सीमित अवधिका लागी मात्र जारी गरिएको कम्पनीको भनाइ छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .