ad ad

कारोबार


नाडामा सुजुकी एपिक स्विफ्टमा ग्राहकको भीड, ५ वर्ष पेट्रोल निःशुल्क (भिडिओ)


नेपालखबर
भदौ १६ , काठमाडौँ

नाडा अटो सोमा पेट्रोलियम प्रोडक्टमा सबैभन्दा बढी ग्राहक सुजुकी ‘एपिक स्विफ्ट’मा देखिएका छन्।

नाडा अटो सोको अन्तिम दिनसम्म सुजुकीको नयाँ स्विफ्टमा आकर्षण देखिएको हो। 

नाडा अटो सो २०२४ मुख्यतः विद्युतीय गाडीप्रति आकर्षण भए पनि स्विफ्टको नयाँ भर्जनले तानेको छ। सीजी मोटोकर्पले नाडा अटो सोमा राखेको गाडीको मूल्य ३८ लाख ९९ हजार रहेको छ। १ लिटर पेट्रोलले २५ किमि कुद्छ। 

कम्पनीले अहिले गाडी बुक गर्नेलाई विभिन्न छुट समेत दिएको छ। चार लाख रुपैयाँसम्मको नगद छुट, १ वर्षको सवारी बीमा, २० हजारसम्मको लोयल्टी बोनस, एक लाख रुपैयाँसम्मको एक्सचेन्ज बोनस र सिट कभरसहितको एक्सेसरिजहरु पाउन सक्ने सुविधा दिएको छ। 

कम्पनीले नाडा अटो सो लक्षित गरी शो कार्यक्रमभर खरिद गर्ने ग्राहकलाई स्क्राच कार्डमार्फत थप दुई लाख रुपैयाँसम्मको छुट दिने घोषणा गरेको छ। 

स्विफ्ट खरिद गर्ने नयाँ ग्राहकले ५ वर्षसम्म पेट्रोलमा खर्च गर्नुपर्नेछैन भने ५ वर्षको लागि मर्मतसम्भार र पीएमएस पाट्र्स र इन्जिन आयलमा पनि केही खर्च गर्नुपर्नेछैन। कम्पनी को मापदण्ड अनुसारको ११ वटै नियमित सर्भिसमा पनि केही शुल्क नलाग्ने उल्लेख गरेको छ। 

फ्रि अटो बिमा र एक्सेसरिज योजनामा थप १ वर्षको बिमा र सिट कभरसहितको सुजुकी जेनुइन एक्सेसरिजहरु पनि निःशुल्क पाउनेछन्।

नाडा अटो सोमा सुजुकीले सार्वजनिक गरेको चोथौ संस्करणको नयाँ एपिक स्विफ्ट, इलेक्ट्रिक कारमा जस्तै ५ वर्षको लागि शून्य रनिङ्ग खर्च हुने गरी अफर पनि ल्याएको छ। स्विफ्ट नेपाली बजारमा सन् २००५ मा लन्च भएको थियो।  

नयाँ स्विफ्टमा एलईडी प्रोजेक्टर हेडलाइटहरू र बुर्मयाङ एलईडी डीआरएल, कालो फ्रन्ट ग्रिल, एलईडी फ्रन्ट फग लाइट, सिगनेचर एलईडी रियर ल्याम्प्स र ३८.१० सेन्टिमिटर (१५ इन्च) टू–टोन एलोय ह्विल्स रहेको छ। 

भदौ १६, २०८१ आइतबार १२:२६

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .