नाडा अटो सोको पाँचौँ दिनसम्म स्काईवेलका विद्युतीय सवारीको आधिकारिक वितरकले जी मोटर्स प्रालिले ९९ बुकिङ पाएको जनाएको छ।
स्काईवेलका ईटी५ बीई११ मोडेलका ६२० किमि, ५२० किमि र ४२० किमिको उक्त बुकिङ लिएको कम्पनीका कार्यकारी निर्देशक पारसमणि गेलालले जानकारी दिए।
हाल नेपालमा ४० वटा भन्दा बढी स्काईवेलका ईटी५ प्रिमियम विद्युतीय एसयूभी बिक्री-वितरण भइसकेका छन् भने जी मोटर्सले नाडामा बुकिङ गर्ने ग्राहकका लागि स्पेसल मूल्य ४१० किमि, बीई११ को ७५.९० लाख, बीई११ ५२० किमिको मूल्य ८५.९० लाख एबम ईटी५ को मूल्य १.१० करोड कायम गरेको छ।
स्काईवेल ६५ भन्दा बढी देशहरुमा जर्मनी, युके, अस्ट्रेलिया, ल्याटिन अमेरिका, टर्की, इजरायल, पोल्यान्ड बिक्री हुँदै नेपालमा पनि युरोपियन गुणस्तरका सवारी बिक्री गर्ने प्रिमियम सवारी उत्पादक कम्पनी हो।
नाडा सोपश्चात् सबै मोडेलमा ५ लाखले मूल्य वृद्धि हुने कम्पनीले जनाएको छ।
Shares
प्रतिक्रिया