चर्को ब्याजदरको विरोध गर्दै आन्दोलनरत मकवानपुरका व्यवसायीले स्थानीय बैँक बन्द गराएका छन्। उद्योग वाणिज्य संघको अगुवाइमा आज मंगलबार हेटौँडाका निजी बैँकहरु बन्द गरिएका हुन्।
यसअघि सोमबार आन्दोलनरत उद्योगी, व्यवसायीले बैँकका शाखा प्रबन्धकलाई ज्ञापनपत्र बुझाएर बैँक बन्द गर्न आग्रह गरेका थिए।
व्यवसायीले आइतबारदेखि बैँकमा बचत गर्ने काम पनि रोकेका छन्। नेपाल सरकारको स्वामित्वमा रहेको हेटौँडास्थित नेपाल बैँक लिमिटेड, राष्ट्रिय वाणिज्य बैँक र कृषि विकास बैँकका कारोबार भने सञ्चालन भइरहेको छ।
यता, व्यवसायीको दबाबका कारण बैँक बन्द हुँदा सर्वसाधारण सेवाग्राही भने मर्कामा परेका छन्।
45
Shares
प्रतिक्रिया