बालाजु औद्योगिक क्षेत्रमा वारुण यन्त्र शाखा कार्यालय भवन निर्माण गर्न आज शिलान्यास भएको छ।
पौने ५ करोड लागतमा भवन निर्माण हुन लागेको हो। काठमाडौं महानगरपालिका अनुसार बोलपत्रबाट ४ करोड ३० लाख ९० हजार रुपैयाँ कबोल गर्ने सबिरा मंगलुग्मा जेभीले निर्माणको जिम्मा पाएको छ।
‘महानगरपालिका क्षेत्रभित्रका विपदजन्य जोखिममध्ये आगोबाट हुने जनधनको क्षति ठूलो छ । यसलाई व्यवस्थापन गर्न महानगरपालिकाले बारुण यन्त्र कार्यालयलाई विस्तार गरेर सेवालाई सम्भावित जोखिमको नजिक स्थानमा पु¥याउँदै लगेको छ’, विपद व्यवस्थापन समितिका संयोजक प्रेम थापाले भने।
भवन डिजाइन गर्ने इञ्जिनियर प्रेमबहादुर श्रेष्ठका अनुसार, भूकम्प प्रतिरोधी निर्माण शैली र विधि अबलम्बन गरेर बनाइनेछ। ६ हजार ६६५.९० बर्गफुट क्षेत्रफलमा निर्माण हुने भवनको जमिन तला १ हजार ३३२ बर्गफुटको हुनेछ ।
भवनबाट तत्काल बाहिर निस्कन सक्ने गरी ठूला २ वटा दमकल र एउटा पानीको ट्यांकर राख्ने ठाउँ हुनेछ।
स्टेसनमा २ वटा फायर बाइक रहने छन्। बालाजु, स्वयम्भू, माछापोखरी, महाराजगञ्जलगायत ठाउँमा हुने आगलागीका घटनाको पहिलो रिस्पोन्स यस शाखाबाट हुने गरेको छ।
Shares
प्रतिक्रिया