ad ad

कारोबार


सफ्ट ओपनिङको ६ महिनामा भैरहवा रिसोर्टको सञ्चालन आय २ करोड २० लाख

सफ्ट ओपनिङको ६ महिनामा भैरहवा रिसोर्टको सञ्चालन आय २ करोड २० लाख

नेपालखबर
साउन १३, २०८१ आइतबार १६:३०, काठमाडौँ

रुपन्देहीको भैरहवामा खुलेको भैरहवा गार्डेन रिसोर्ट प्रालिले सफ्ट ओपनिङको ६ महिनामा २ करोड २० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ। 

गत फेब्रुअरीमा रिसोर्टले सफ्ट ओपनिङ गरेको थियो। ३ दशक लामो समय आतिथ्य र पर्यटन क्षेत्रमा बिताएका व्यवसायी निर्मल श्रेष्ठले १ अर्ब २५ कोड १० लाख रुपैयाँ लागतमा सन् २०२० देखि उक्त रिसोर्ट निर्माण गरिरहेका छन्।

यसको वित्तीय प्रगति ८० प्रतिशत छ भने बढीमा आगामी १ महिनाभित्र पूर्णरुपमा रिसोर्ट सञ्चालनमा आउँदै छ। 

७५ प्रतिशत ऋण र २५ प्रतिशत स्वपुँजीको लगानी संरचनामा निर्माण भइरहेको भैरहवा गार्डेनमा वीरेन्द्र गुप्ता महाप्रबन्धक रहेका छन्। 

विशेष उद्देश्यसाथ निर्माण भइरहेको रिसोर्टलाई ४ तारे होटल बनाउने लक्ष्य छ। उक्त रिसोर्टमा ३८ रुम, एक रेस्टुराँ, स्विमिङ पुल र एउटा सम्मेलन गर्न मिल्ने हल छ। बाँकी ३४ रुम, ब्यान्क्वेट सुविधा र क्यासिनोका लागि संरचना निर्माण भइरहेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .