ad ad

राजनीति


कांग्रेसले जुनसुकै भ्रष्टाचारको खुलेर विरोध गर्न सक्नुपर्छ : शेखर कोइराला

कांग्रेसले जुनसुकै भ्रष्टाचारको खुलेर विरोध गर्न सक्नुपर्छ : शेखर कोइराला

नेपालखबर
साउन १३, २०८१ आइतबार १६:३४, काठमाडौँ

नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले नेपालमा गरिखाने अवस्थाको सिर्जना गर्न, लगानी गर्ने वातावरण सिर्जना गर्न र रोजगारीको अवस्थाको सिर्जना गर्न सकिन्छ भन्ने अठोट आफूमा रहेको बताएका छन्।

अस्थिर सरकारका कारण देशमा संकट आएकाले कांग्रेस र एमाले मिलेर संविधान संशोधन गरि मुलुकलाई स्थायी सरकार दिनैपर्छ भन्ने एजेन्डा सुरुदेखी आफूले उठाएको बताए।

हरेक ६/६ महिनामा भैरहने सरकार गठन र विघटनले देशलाई धरासयी बनाएको उनको भनाइ थियो।

कोइरालाले भने, ‘केवल सत्ता टिकाउँन सधै साना–साना २÷४ सिट भएका दललाई बोकेर हिंड्दा नेपालले प्रगति गर्न सकेन भन्ने कुरा मनमा आएर मैले नै केही समय देखि संसदमा रहेका पहिलो र दोस्रो दल एक ठाउँमा उभिनुपर्छ भन्ने विषयलाई उठाएको हुँ।’

कांग्रेस र एमालेको गठबन्धनको सरकारलाई कहिँकतै गल्ती गर्ने छुट नभएका भन्दै नेता कोइरालाले कांग्रेसले अब सुशासनको नारालाई जनताको घर–घर सम्म लैजाने बताए।

‘कांग्रेसले कुनै पनि प्रकारको भ्रष्टाचारको खुलेर विरोध गर्नुपर्छ,’ कोइरालाले भने।

भारतको चण्डीगढमा आयोजित नेपाली जनसम्पर्क समिति भारत अन्तर्गत पश्चिमोत्तर क्षेत्रीय समिति चण्डीगढको १२औँ अधिवेशनलाई सम्बोधन गर्दै नेता डा कोइरालाले निरंकुशता विरोधी हरेक प्रजातान्त्रिक आन्दोलनमा भारतमा रहेका प्रवासीहरूले नेपाललाई ठूलो गुन लगाएको बताए।

‘भारतमा रहनुभएका कांग्रेस पार्टीका मात्रै होइन सम्पुर्ण नेपालीहरुले  पुर्याउनुभएको योगदानको म मुक्तकण्ठले उच्च प्रशंसा गर्दछु’ कोइरालाले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .