नागढुंगा सुरुङमार्ग निर्माणको समग्र भौतिक प्रगति ७८.८५ प्रतिशत भएको छ।
योसँगै आयोजनाको सम्पूर्ण काम पूरा हुने चरणमा पुगेको हो।
नागढुंगा सुरुङमार्ग निर्माण आयोजनाका अनुसार भौतिक प्रगति ७८ प्रतिशत पूरा हुँदा वित्तीय प्रगति ७३.३७ प्रतिशत रहेको छ।
खासगरी सुरुङ खन्ने काम पूरै सकिसकेको छ भने मुख्य सुरुङमा २२८१ मिटरमा कंक्रिट लाइनिङको काम सम्पन्न भएको छ। यो भनेको ८४.८५ प्रतिशत काम पूरा भएको आयोजनाले उल्लेख गरेको छ।
संरचना निर्माणतर्फ अन्डरपास, बक्स कल्भर्ट, ओभरपास र पुल निर्माण पनि सकिइसकेको छ। फ्लाईओभरको काम समेत ९५ प्रतिशत सम्पन्न भइसकेको छ।
योजनाअनुसार मुख्य सुरुङ २६८८ मिटर, इभ्याकुएसन सुरुङ २५५७ मिटर, वर्किङ अडिट १२६ मिटर र क्रस प्यासेज १२८ मिटर गरी कुल ५ हजार ४९९ मिटर सुरुङ निर्माण भएको छ।
108
Shares
प्रतिक्रिया