शाओमीले अमेजिंग मनसुन अफर सार्वजनिक गरेको छ।
रेडमी नोट ११ सिरिजअन्तर्गत रेडमी नोट ११, रेडमी नोट ११ प्रो र रेडमी नोट ११ प्रो फाइभजीको कुनै पनि भेरिएन्ट र शाओमी १२ सिरिजअन्तर्गत शाओमी १२ र शाओमी १२ एक्स ८ जीबी/२५६ जीबी खरिद गर्ने उपभोक्ताहरुलाई लक्षित गरेर अफर ल्याएको कम्पनीले जनाएको छ।
यो अफरअन्तर्गत उक्त मोडलका फोनहरु किन्न चाहने उपभोक्ताहरुले रेडमी इयरफोन र मी नेक्ब्यान्ड ब्लुटुथ प्रोको खरिदमा आकर्षक छुट पाउन सक्नेछन् ।
यस अफर अन्तर्गत शाओमीले रेडमी नोट ११, रेडमी नोट ११ प्रो र रेडमी नोट ११ प्रो छन् को कुनै पनि भेरिएन्ट खरिद गर्ने उपभोक्ताहरुको लागि मात्र १ सय ९९ रुपैयाँमा रेडमी इयरफोन किन्न सक्ने व्यवस्था गरेको छ ।
त्यस्तै ८जीबी/२५६ जीबीको शाओमी १२ र शाओमी १२ एक्सको खरिदमा उपभोक्ताहरुले मी नेकब्यान्ड ब्लुटुथ प्रो मात्र १ हजार ४९९ रुपैयाँमा पाउन सक्नेछन् ।
Shares
प्रतिक्रिया