भुक्तानी सेवा प्रदायक सेलकम प्रालिको सेलपे सेवाले ‘एनिभर्सरी अफर’ ल्याएको छ।
कम्पनीले ग्राहकहरुको साथ र मायाको कदर गर्दै धन्यवादस्वरुप उक्त अफर ल्याएको जनाएको छ।
योजनाअन्तर्गत सेलपेका ग्राहकहरुले सेलपेमा केवाईसी प्रमाणीकरण गरी बैंक लिंक गर्दा २०० रुपैयाँ वालेट ब्यालेन्स पाउनेछन्।
साथै सामसङ ग्यालेक्सी ए५२ समेत जित्ने मौका पाउने कम्पनीले जनाएको छ। यो योजना प्रथम ३३३ ग्राहकहरुलाई लागू हुने कम्पनीको भनाइ छ।
यो योजना यही साउन १५ गतेको लागि लागू हुनेछ। ग्राहकहरुले सेलपे कार्टमा समेत २० प्रतिशतसम्म छुट अर्थात् अधिकतम १ हजार रुपैयाँसम्म पाउनसक्ने कम्पनीले जनाएको छ। यसबाहेक पहिलो पटक फन्ड ट्रान्सफर गर्दा २ सय रुपैयाँ बराबरको शपिङ भौचर पाउने कम्पनीले जनाएको छ।
18
Shares
प्रतिक्रिया