मदिरा ब्रान्ड गोल्डेन ओक ब्लेन्डेड माल्टले नेपालीहरुलाई हाँसोको नौलो संगालो दिने तयारी गरेको छ।
यसका लागि गोल्डेन ओकले विभिन्न सहरहरुमा ‘गोल्डेन ओक कमेडी यात्रा’ सुरु गर्न लागेको हो।
गोल्डेन ओकद्वारा आयोजित यस कमेडी यात्रामा ख्यातिप्राप्त कलाकारहरु जितु नेपाल, सुरेन्द्र के.सी., मिलन नेवार, निरज नेपाल, सुमन कार्की र शिव शंकर रिजाल लगायतले सम्पूर्ण दर्शकहरुका लागि मनोरञ्जन र कमेडीको अविस्मरणीय प्रस्तुति गर्नेछन्।
गोल्डेन ओकको यो कमेडी यात्रा बिर्तामोडमा यही साउन २० गते, दमकमा २१ गते, इटहरीमा २२ गते, विराटनगरमा २३ गते र धरानमा २४ गते पूरै उत्साहका साथ आयोजित हुने कम्पनीले जनाएको छ।
72
Shares
प्रतिक्रिया