भुसाल ग्रुपले अघिल्लो वर्ष ६२ करोड रुपैयाँको निर्माण उपकरण बिक्री गरेको छ।
बालकृष्ण भुसाल नेतृत्वको कम्पनीले केस ब्रान्डका निर्माण उपकरणको कारोबार १८ करोडबाट ६२ करोड पुर्याएको हो।
आर्थिक वर्ष २०७६/०७७ मा केस न्यु होलेन्डको आधिकारिक बिक्रेता पाएको भुुसाल बिजनेस हाउस प्रा.लिले २ वर्षमा आफ्नो व्यापार विस्तार गरेको छ।
ट्रेडिङ, उत्पादन, होटल तथा रेष्टुरेन्टलगायतमा लगानी गरेको ग्रुप न्यु होलेन्ड टेक्टरको आधिकारिक बिक्रेता हो।
आर्थिक वर्ष २०७७/०७८ मा १८ करोड रुपैयाँको निर्माण उपकरण बिक्री गरेको कम्पनीले २०७८/०७९ मा ६२ करोड रुपैयाँको व्यापार गरेको छ।
87
Shares
प्रतिक्रिया