नेपाल बैंक लिमिटेड र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबीच बैंकिङ कारोबारसम्बन्धी सम्झौता भएको छ।
विमानस्थलको सबै बैंकिङ कारोबार नेपाल बैंकमार्फत हुने गरी सम्झौता भएको हो।
बुधबार पोखरामा भएको सम्झौतामा नेपाल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत समता पन्त र नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक तथा पोखरा विमानस्थलका प्रमुख विक्रमराज गौतमले हस्ताक्षर गरेका हुन्।
नायब सीईओ पन्तले बैंकले विमानस्थलमा हुने बैंकिङ कारोबारमा कुनै गुनासो नआउने प्रतिबद्धता जनाइन्। विमानस्थल प्रमुख गौतमले पोखरा विमानस्थलमा गुणस्तरीय सेवा प्रदान हुनेमा विश्वस्त रहेको बताए।
कार्यक्रममा बैंकका गण्डकी प्रादेशिक कार्यालयकी प्रमुख प्रतिमा श्रेष्ठ, बैंककै मार्केटिङ तथा अनुसन्धान विभागका प्रमुख अर्जुन बहादुर कंडेल, बैंकको पृथ्वीचोक शाखाका प्रबन्धक चतुर्भुज अर्याल, पोखरा विमानस्थलका कर्पोरेट शाखा प्रमुख तथा उपप्रबन्धक विष्णु प्रसाद अधिकारीलगायत सहभागी थिए।
Shares
प्रतिक्रिया