स्मिरनफ भोड्का अब नेपालमै उत्पादन हुने भएको छ।
एक कार्यक्रम माझ नेपालको पेय उत्पादक नेपाल लिकर्स प्रा. लि. द्वारा यो उत्पादन नेपालमा सार्वजनिक गरिएको हो।
कम्पनीका अध्यक्ष राजेश वीर सिंह तुलाधरका अनुसार तीन पटक डिस्टिल र दश पटक फिल्टर गरिएको सो भोड्का नेपालमै उत्पादन सुरु भएर बजारीकरण हुँदै छ।
विराटनगरस्थित कारखानामा स्मिरनफको उत्पादन सुरु हुँदै छ। स्मिरनफ नेपालका लागि ब्राण्ड एम्ब्यासडरको भूमिकामा सुरज सिंह ठकुरी रहेका छन्।
नेपाल लिकर्सले आफ्नो स्वामित्वमा विभिन्न पेयहरू नेपाली बजारमा उपलब्ध गराउँदै आएको छ, जस्तै एन्टिक्यटुी ब्लूह्विस्की, सिग्नेचर प्रिमियर/रेयर ह्विस्की, मिस्टर डोवेल नम्बर १ लक्जरी ह्विस्की, ब्लूरिब्यान्ड जिन,आदि। यो पटक भने संसारकै नम्बर एक भोड्का स्मिरनफको उत्पादन र वितरण प्रारम्भ गरेको हो।
विश्वका करिब १३० भन्दा बढी राष्ट्रहरूमा विक्री हुने स्मिरनफ भोड्का नेपालमा ७५०, ३७५, र १८० मि.लि. क्रमश रू. २,२००, १,१०० र ५५० मूल्यमा उपलब्ध छ।
Shares
प्रतिक्रिया