इन्टरनेट सेवा प्रदायक सीजीनेटले नेपालकै पहिलो पोस्टपेड इन्टरनेट सेवा सार्वजनिक गरेको छ।
योजनाअन्तर्गत कम्पनीले १ हजार ४९ रुपैयाँमा २५० एमबीपीएस इन्टरनेट र १ हजार १५४ रुपैयाँ प्रतिमहिना २५० एमबीपीएस र आईपीटीभी प्रदान गर्ने जनाएको छ।
कम्पनीका अनुसार यो योजनाले कम मूल्यमा उच्च गतिको इन्टरनेट खोज्ने ग्राहकहरूले अब एकमुष्ट रकम नतिरेर मासिक आधारमा भुक्तानी गर्नसक्ने भएकाले पोष्टपेड प्लानबाट उच्च लाभ लिन सक्नेछन्।
कम्पनीका अनुसार ग्राहकको आवश्यकतालाई ध्यानमा राख्दै सीजीनेटले यो नयाँ पोस्टपेड योजना ल्याएको हो। ‘पहिले सेवा पछि पैसा’को अवधारणाले सुरु गरिएको यस योजनाले ग्राहकहरूलाई इन्टरनेट प्रयोग गरे पछि भुक्तानी गर्ने विशेष सेवा दिनेछ।
यो नियमित प्रिपेड प्लानहरूभन्दा सस्तो भएकाले मासिक रूपमा भुक्तानी गर्दा पनि वार्षिक प्याकेज बराबरको सेवा सुविधा प्रदान गर्ने कम्पनीको दाबी छ। साथै, फिर्ता गरिने गरी २ हजार ५०० रुपैयाँको धरौटीबाहेक ग्राहकले राउटर, ड्रप–वायर र जडान खर्चजस्ता कुनै पनि अतिरिक्त शुल्क तिर्नुपर्नेछैन।
इन्टरनेट क्षेत्रको भुक्तानी प्रक्रियालाई नै रूपान्तरण गर्ने प्रयासमा, ऋन्ल्भ्त् ले प्रयोगकर्ताहरूका लागि पहिले कहिल्यै नसुनेका लाभहरू सहित पोस्टपेड योजना ल्याएको छ।
Shares
प्रतिक्रिया