खल्ती र गुडविल फाइनान्सबीच सम्झौता भएको छ।
सम्झौतासँगै खल्ती प्रयोगकर्ताले गुडविल फाइनान्सको मोबाइल बैंकिङबाट खल्तीमा पैसा लोड, खल्तीमा बैंक खाता लिंक तथा खल्तीबाट गुडविल फाइनान्सको खातामा पैसा पठाउने (ट्रान्सफर) सुविधाहरू प्रयोग गर्न पाउनेछन्।
गुडविल फाइनान्सका प्रयोगकर्ताले यस सुविधाको उपभोग गर्दै सजिलै खल्तीमा पैसा राख्न र खल्तीबाट कारोबार गर्न सक्नेछन्।
यति मात्र नभएर गुडविल फाईनान्स खाता खल्तीसँग लिंक गरी खल्ती लोड गर्ने झन्झटविना सिधै आफ्नो खाताबाट भुक्तानी गर्न सक्नेछन्।
खल्तीमा बैंक लिंक गरेपश्चात् खल्तीबाट हुने हरेक कारोबारमा सिधै बैंक खाताबाट पैसा काटिनेछ।
सम्झौतापश्चात् खल्ती प्रयोगकर्ताले अब गुडविल फाइनान्सको खातामा पैसा पठाउन पनि सहज भएको छ।
12
Shares
प्रतिक्रिया