ठूलो डटकमले भर्खरै सकिएको क्यान इन्फोटेक मेलामार्फत विभिन्न अफर सार्वजनिक गरेको छ।
कम्पनीले बिजनेस डिजिटाइजेसनको लागि बिजनेस इमेल १०० रुपैयाँ प्रति महिनाबाट, ई-कमर्स वेबसाइट ९ हजार ९९९ रुपैयाँमा, वेबसाइट डिजाइन २ हजार ९९९ रुपैयाँमा, क्लाउड होस्टिङ २४९ रुपैयाँबाट र बिजनेस होस्टिङ ४९९ रुपैयाँमा गर्ने अफर ल्याएको हो।
साथै ठूलो डटकमले वर्कप्लेस नामक क्लाउड सफ्टवेर पनि सार्वजनिक गरेको छ। जसमा सानादेखि ठूलो व्यवसायले आफ्नो मार्केटिंग, सेल्स, ग्राहक सेवा, व्यवसाय सञ्चालन, वेबसाइट, ई-कमर्स, मानव संसाधन, अकाउनटिंग, प्रशासन र रिपोर्टिङ सम्बन्धित क्रियाकलाप सजिलै गर्न सक्छन्।
साथै पर्यटन व्यवसायीहरुका लागि पनि ठूलो डटकमले बुकिंग इन्जिनसहितको वेबसाइट सुविधा दिँदै आएको छ। आफ्नो सम्पूर्ण सेवाहरुमा २० प्रतिशत छुट पनि प्रदान गरिरहेको कम्पनीले जनाएको छ।
Shares
प्रतिक्रिया