स्मार्टफोन ब्रान्ड सामसङले नयाँ ग्यालेक्सी फोन किस्तामा खरिदका लागि ग्राहकलाई अझै सहज बनाएको छ।
गत वर्ष नेपालमा तत्काल फाइनान्स सेवा उपलब्ध गराएको कम्पनीले यसका लागि आफ्नो र आफ्ना प्रत्याभूतिकर्ताको नागरिकता ल्याउनुपर्ने बताएको छ।
योसँगै ग्राहकहरूले शून्य प्रतिशत ब्याज ईएमआईमा नयाँ ग्यालेक्सी स्मार्टफोनहरू प्राप्त गर्न सक्नेछन्।
गत वर्ष थप कागजात आवश्यक पर्नेमा हाल नागरिकता मात्रै भए पुग्ने भएको छ।
अब भने ग्राहकहरूले आफ्नो र आफ्नो ग्यारेन्टरको दुई–दुई पासपोर्ट साइजको फोटो र नागरिकताहरु बोकी आफ्नो नागरिकता जारी गरेको जिल्लामा रहेको कुनै पनि आधिकारिक सामसङ फाइनान्स स्टोरमा गएरै कुनै पनि २० हजार रुपैयाँ वा बढी मूल्य भएको ग्यालेक्सी स्मार्टफोन शून्य प्रतिशत ब्याज रहेको ईएमआईमा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ।
यसका साथै, ग्राहकहरूले १८ वैशाख २०८१ सम्मको अवधि आफ्नो कुनै पनि पुरानो डिभाइस एस्चेन्ज गरी एन्हान्स्ड ट्रेड–इन बेनिफिटसद्वारा नयाँ ग्यालेक्सी एस२४ सिरिजका लिन सक्नेछन्।
यो अफर अर्को स्टोर र सबको फोन लगायतका ट्रेड पार्टनरहरूमार्फत उपलब्ध गराइएको छ। यस सेवामार्फत ग्राहकले आफ्नो पुरानो सामसङको एस, एन वा जेड सिरिज वा कुनै पनि एप्पल स्मार्टफोनको मूल्याङ्कनमा थप ५ हजार रुपैयाँ बोनस पाउनेछन् भने सामसङ ग्यालेक्सी ए वा एम सिरिजका स्मार्टफोन एक्सचेन्ज गर्दा ३ हजार रुपैयाँ बोनस पाउनेछन्।
यी सुविधाहरू नेपालभरि नै उपलब्ध रहेको कम्पनीले जनाएको छ।
Shares
प्रतिक्रिया