पेप्सोडेन्ट नेपालले यस वर्षको विश्व मौखिक स्वास्थ्य दिवस २०२४ को लागि विभिन्न समुदायहरूमा मौखिक स्वास्थ्य र स्वच्छतालाई प्रवर्द्धन गर्ने भएको छ।
कम्पनीले मार्च महिनाभर विभिन्न गतिविधिहरु सम्पन्न गरेको घोषणा गरेको छ। यस अनुसार स्वस्थ जीवनको लागि आवश्यक विभिन्न उत्पादनहरु प्रदान गर्दै शैक्षिक अभियान द्वारा व्यक्तिगत रुपमा सबैलाई स्वस्थ मुस्कान र दाँतमा असर गर्ने किटाणुहरु विरुद्ध लड्ने चेतना पुराएको ब्रान्डले दाबी गरेको छ।
ब्रान्डले एक एक पाइलासँगको सहकार्यमा नेपालका दुर्गम भेगहरुमा १ हजार ६ सय जनालाई नि:शुल्क चिकित्सा सेवा र मौखिक स्वास्थ्य सम्बन्धी शिक्षा प्रदान गरेको थियो।
साथै कान्तिपुर डेन्टल कलेज तथा शिक्षण अस्पतालको सहयोगले इन्द्रेश्वर माध्यमिक विद्यालयमा ३ सय ४३ जनालाई नि:शुल्क डेन्टल स्क्रिनिङ सेवा प्रदान गरिएको थियो। ब्रान्डले पेप्सोडेन्ट नमुनाहरु वितरण गरी समाजमा मौखिक स्वास्थ्य र हात धुने तरिकाहरुबारे सचेतना बढाएको थियो।
त्यस्तै मार्च २० मा विश्व मौखिक स्वास्थ्य दिवसको अवसरमा पेप्सोडेन्ट नेपालले नेपाल डेन्टल एसोसिएसनसँगको साझेदारीमा एक दन्त स्वास्थ्य जागरूकता कार्यक्रमको आयोजना गरेको थियो। काठमाडौं, भक्तपुर र ललितपुरका १५ स्थानहरुमा आयोजित यस कार्यक्रमले ३ हजार ५ सय सहभागीहरुलाई दन्त तथा मौखिक स्वास्थ्य सम्बन्धी शिक्षा प्रदान गर्दै ब्रान्ड सचेतना पनि बढाउने लक्ष्य राखेको थियो।
७०-८० स्वयंसेवक र १०-२० दन्त कार्यकारी अधिकृतहरु रहेको १०० जनाको टोलीसहित यस कार्यक्रमले सहभागीहरुलाई आकर्षक क्रियाकलापहरुमा संलग्न गराई उनीहरुमा पेप्सोडेन्ट ब्रान्डको सकारात्मक प्रभाव पारेको थियो।
यसका अतिरिक्त, पेप्सोडेन्ट नेपालले किप ब्रसिङ एन्ड किप स्माइलिङ नामक डिजिटल अभियान सुरु गरेको थियो।
अभियानको लक्ष्य संगीतको धुनमा स्वस्थ जीवनशैलीका लागि मौखिक स्वास्थ्यको दैनिक नियमको महत्त्वलाई झल्काउन हरेक व्यक्तिलाई आफ्नो मन पर्ने धुनमा पेप्सोडेन्टले दाँत माझ्दै रमाउँदै नाच्न प्रेरित गर्नु रहेको थियो ।
अभियानलाई सामाजिक सञ्जालका १२ इन्फ्लुएन्सरहरुको सहकार्यमा पनि प्रवर्द्धन गरिएको थियो। सबैलाई विश्व मौखिक स्वास्थ्य दिवस २०२४ को अभियानमा साथ दिन प्रोत्साहन गर्दै यस डिजिटल अभियानले ३८ लाख रिच र ६२ लाख इम्प्रेसन हासिल गरेको छ।
Shares
प्रतिक्रिया