बैंक कति अब्बल र सफल छ भन्ने थाहा पाउने मुख्य आधार भनेको ग्राहकको विश्वास हो। यदि बैंकप्रति आमजनमानसको विश्वास छ भने उसका ग्राहक र सेवा प्रयोगकर्ता निश्चय पनि धेरै हुन्छन्।
यही विश्वास र सेवा प्रयोगकर्ता हेर्ने हो भने बैंकका विभिन्न सूचकांकले एनआईसी एसिया बैंक कति अब्बल छ भन्ने प्रमाणित गर्छ।
ग्राहक संख्या, मोबाइल एप डाउनलोड, मोबाइल बैंकिङ्ग प्रयोगकर्ता र शाखा विस्तारले यो बैंक बैंकिङ्ग क्षेत्रमै कति अब्बल छ भन्ने देखाउँछ।
साढे दुई दशकभन्दा लामो इतिहास बोकेको एनआईसी एसिया बैंक हाल सञ्चालनमा रहेका वाणिज्य बैंकमध्ये सबैभन्दा धेरै ग्राहक भएको, मोबाइल बैंकिङ्ग सेवा प्रयोगकर्ता भएको र सबैभन्दा धेरै शाखा सञ्जाल विस्तार गर्न बैंक बन्न सफल भएको छ।
४१ लाख ग्राहकको रोजाइको बैंक
एनआईसी एसिया बैंक मुलुकमा सञ्चालन रहेका वाणिज्य बैंकहरुमध्ये सबैभन्दा धेरै ग्राहक संख्या भएको बैंकमध्ये पर्छ।
चालू आर्थिक वर्ष २०८०/८१ को पुस मसान्तसम्ममा ४१ लाखभन्दा धेरै ग्राहकहरुको पहिलो रोजाइको बन्न सफल भएको छ यो बैंक।
हरेक वर्ग, तहतप्का, विपन्न वर्गसम्मका ग्राहकको पहिलो रोजाइको भएकै कारण यस बैंकले सबैभन्दा धेरै ग्राहकको विश्वास जित्न सफल भएको बैंकको दाबी छ।
कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको जनसंख्याको करिब ३३ प्रतिशत जनतालाई यस बैंकमार्फत सेवा दिन बैंक सफल भएको छ।
सबैभन्दा धेरै डाउनलोड भएको मोबाइल एप
मुलुकमा सञ्चालित वाणिज्य बैंकहरुलाई हेर्ने हो भने डिजिटल बैंकिङ्गमा सबैभन्दा अगाडि छ एनआईसी एसिया बैंक।
यस बैंकको मोबाइल बैंकिङ्ग सेवा (मोबैंक एप) मुलुकका बैंक तथा वित्तीय संस्थाहरुमध्ये सबैभन्दा धेरै डाउनलोड भएको एपमध्ये पर्छ।
यो एप अहिलेसम्म ३५ लाख ७८ हजारभन्दा धेरै डाउनलोड भइसकेको छ। जसमध्ये एन्ड्रोइड मोबाइलमा ३२ लाख ४२ हजार र आईओएसमा ३ लाख ३६ हजारभन्दा धेरै डाउनलोड भएको छ।
एक उत्कृष्ट मोबाइल बैंकिङ्ग सेवा उपलब्ध गराई रहेको यस एपमा दर्जनौं सुविधाहरु रहेका छन्। जसबाट धेरै काम गर्न सकिन्छ। त्यस्तै, इन्टरनेट बैंकिङ्ग सेवाबाट पनि अधिकांश सेवा उपलब्ध गराएको छ।
बैंकको वेबसाइट एनआईसी एसिया बैंक डट कमबाट पनि धेरै काम गर्न सकिन्छ। यहाँ रहेको आइसर्भिसबाट घरबाटै काम गर्न सकिने धेरै सुविधाहरु राखिएका छन्। यस बैंकका ४१ लाख ग्राहकहरुमध्ये अधिकांशले अनलाइनका यी प्लेटफर्महरु प्रयोग गरिरहेका छन्।
सबैभन्दा धेरै मोबाइल बैंकिङ्ग प्रयोगकर्ता
नेपालको बैंकिङ्ग क्षेत्रमा मोबाइल बैंकिङ्ग प्रयोगकर्तामा पनि एनआईसी एसिया बैंक धेरै अगाडि रहेको छ।
चालू आर्थिक वर्षको पुस मसान्तसम्मको तथ्यांकअनुसार २५ लाख ४१ हजार ८ सयभन्दा धेरैले मोबाइल बैंकिङ्ग सेवा प्रयोग गरिरहेका छन्।
जुन समग्र बैंकिङ्ग क्षेत्रको औसत प्रति बैंक प्रयोगकर्ताभन्दा १७७ प्रतिशत अर्थात १६ लाख २२ हजारले बढी हो। समग्र बैंकिङ्ग क्षेत्रको औसत प्रति बैंक मोबाइल बैंकिङ्ग सेवा प्रयोगकर्ता ९ लाख १९ हजार रहेका छन्।
यस बैंकको मोबाइल एपमा अधिकांस बैंकिङ्ग सेवाहरु उपलब्ध छन्। युटिलिटी बिल भुक्तानीदेखि व्यवसायीक क्षेत्रमा प्रयोग हुने सेवाहरु यस एपमा उपलब्ध रहेका छन्। विद्युत शुल्क, खानेपानी शुल्क, इन्टरनेट शुल्क, टिभी शुल्क, एयरलाइन्स टिकट, इन्स्योरेन्स प्रिमियम, सेयर बजार, ईएमआई तिर्न, केवल कार टिकट, बस टिकट, पार्कको टिकट, फिल्म टिकट, स्कुल कलेजको शुल्कलगायत भुक्तानीहरु यस एपमार्फत गर्न सकिन्छ।
त्यस्तै, यस एपबाट पैसा पठाउन, मोबाइल वालेटमा पैसा लोड गर्नेदेखि आफ्नो खाताको बारेमा थाहा पाउन, आफै मुद्दती निक्षेपमा रकम राख्न पनि सकिन्छ। दर्जनौं सेवा र सुविधा रहेको यस बैैंकको मोबाइल बैंकिङ्ग सेवा (मोबैंक) मा अनेकौै फिचरहरु रहेका छन्। कुल कारोबारको ९५ प्रतिशत कारोबार डिजिटल बैकिङ्ग सेवाबाट गरिरहेको बैंकले जनाएको छ।
सबैभन्दा धेरै शाखा
गाउँदेखि सहरसम्म तीव्र बजार विस्तार गरेर यस बैंकले नेपालको बैंकिङ्ग क्षेत्रमा एक छुट्टै परिचय बनाएको छ। ४१ लाखभन्दा धेरै ग्राहकहरु माझ पुगेको यस बैंकले टोलटोलमा शाखा विस्तार गरेको छ।
यस बैंकले मुलुकभर ३६० वटा शाखा कार्यालयहरू स्थापना गरिसकेको छ। यो क्रम बढ्दै गएको बैंकको भनाइ छ।
वाणिज्य बैंकहरुमध्ये सबैभन्दा धेरै ६७० एटीएम र ११७ विस्तारित काउन्टर सञ्चालनमा रहेका छन्। यसै कारणले यो बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ सञ्जाल विस्तार गरेको बैंकको रुपमा परिचित छ।
अन्य बैंकहरु पुग्न नसकेका दुर्गम जिल्लाहरु मुगु, कालिकोट, बझाङ, रूकुम, जुम्ला, सल्यान जस्ता बैंक तथा वित्तीय संस्थाहरूको उपस्थिति न्यून रहेका दुर्गम जिल्लाहरूका दुर्गम गाउँमा एनआईसी एसिया बैंक पुगेको छ।
साथै, कुनै पनि बैंक तथा वित्तीय संस्थाहरू नपुगेको ३४ भन्दा बढी स्थानीय निकायहरूमा यस बैंकले शाखा विस्तार गरेको छ।
बैंकले नाफामात्र नभएर मुलुकको वित्तीय समावेशीकरण योगदान गर्ने उद्देश्यसहित सकेसम्म देशका सबै ठाउँमा शाखा, शाखारहित बैंकिङ्ग, विस्तारित काउन्टर, एटीएमजस्ता सेवा विस्तार गर्दै लगेको छ।
Shares
प्रतिक्रिया