अछामको मेल्लेखमा सोमबार बिहान आगलागीमा परेर दुईजना बालबालिकाको मृत्यु भएको छ।
मेल्लेख गाउँपालिका– ६ को षोडषामा सोमबार बिहान १० बजे स्थानीय खम्ब बोहोराको घरमा आगलागी हुँदा दुई बालबालिकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख डीएसपी सन्तोष पाठकले जानकारी दिए।
‘स्थानीय दीपक बोहराकी छोरी आठ वर्षीया छोरा भावना र रमेश बोहराका ६ वर्षीय छाेरा गोपालको आगलागीमा परेर मृत्यु भएको हो,’ डीएसपी पाठकले नेपालखबरसँग भने, ‘घरमा अभिभावक नभएको बेला आगलागीमा परेर बालबालिकाको मृत्यु भएको हो। हामी थप अनुसन्धान गरिरहेका छौँ।’
खरले छाएको कच्ची घरमा अचानक आगो सल्किएपछि भित्र रहेका दुई बालबालिकाको मृत्यु भएको उनले बताए। आगलागीबाट घरसहित सम्पूर्ण सरसामानसमेत जलेकाे छ।
42
Shares
प्रतिक्रिया