ad ad

कारोबार


धुलिखेलमा हुने डर्टबाइक रेसिङको टिकट आईएमई पेबाट किन्न मिल्ने

धुलिखेलमा हुने डर्टबाइक रेसिङको टिकट आईएमई पेबाट किन्न मिल्ने

नेपालखबर
जेठ ४, २०८१ शुक्रबार १४:३६, काठमाडौँ

डीटीएमएक्स९७७ च्याम्पियनसिप सिरिजको फाइनल रेस यही जेठ ५ गते शनिबार धुलिखेलमा हुने भएको छ। 

यसको लागि आईएमई पे एपमार्फत टिकट खरिद गर्न मिल्ने कम्पनीले जनाएको छ। 

एलिट तथा ओपन वर्गमा हुने रेसहरूमा विजेताहरूले क्रस फायर ट्राकर २५० डर्ट मोटरसाइकल र टिमसन एमएक्स रेसिङ टायर्स जित्नेछन् भने दुवै वर्गका शीर्ष दाबेदारहरूले एसर्बिस् रेसिङको उत्कृष्ट गियरहरू जित्नेछन्। 

उक्त डर्ट बाइक रेसिङ  सँगसँगै यस कार्यक्रममा दीपक बज्राचार्य र रिदम ब्यान्ड, सुदेश्ना सेन, अब्लिभियस ब्यान्ड, देवेन्द्र बब्लु एन्ड द फिरन्ते लगायतका कलाकारहरूको साङ्गीतिक प्रदर्शनी पनि रहेको छ। 

उक्त कार्यक्रममा विभिन्न सांगीतिक ब्यान्डहरूसँगै मोटोक्रस प्रतिस्पर्धा, लाइभ सङ्गीत प्रदर्शन र धेरै उपहारहरूले भरिएको एड्रेनालाइन-पम्पिङ दिनको निम्ति टिकटहरु आईएमई पे एपमा ५ सय रुपैयाँ खरिद गर्न सकिन्छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .