नेपाली कांग्रेसका सांसद रामहरी खतिवडाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले थापेको ढोक्सा च्यातिँदै गएको टिप्पणी गरेका छन्।
शुक्रबार संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै खतिवडाले ढोक्सा पनि च्यातिँदै गएको र माछा पनि उम्कँदै गएको दाबी गरे।
‘यसपटक उहाँले राम्रैसँग जाल हान्नुभएको छ, ढोक्सा हान्नुभएको छ। ढोक्सा च्यातिँदै गएको, माछा उम्किँदै गएको छ,,’ उनले भने।
साथै, उनले १० वटा माग राखेर २ वटा पूरा गर्ने पुरानो बानी ओलीको रहेको पनि दाबी गरे।
‘उहाँलाई नचिनेको होइन। उहाँले माग १० वटा राख्ने र २ वटा त पूरा गरिहाल्छ नि भन्ने उहाँको कुरा हो,’ उनले भने।
ओली स्थिरताको पक्षमा नरहेको भन्दै उनले संसद् विघटनको कुरा सोच्न पनि नहुने बताए।
‘हामी अहिले प्रतिपक्षमा बसेका पार्टीहरू बैठक बसेर आफ्नो कुरा सभामुखलाई राख्यौँ। आफ्ना कुरा स्पष्ट सभामुखलाई जानकारी गरायौँ। अपरिपक्व कामले संसदीय प्रजातन्त्र कम हुने पद्धतिको विकास हुन्छ। संसदीय छानबिन समितिको मागलाई यथावत् राखेका छौँ,’ उनले भने।
Shares
प्रतिक्रिया