पर्यटकीय सहर पोखराको लेकसाइड सेदीबगर अवस्थित अन्नपूर्ण केबलकार प्रा.लि र प्रभु बैंक लिमिटेडबीच केबलकार सेवामा प्रभु बैंकका ग्राहकवर्ग र कर्मचारीलाई विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ।
सम्झौता अनुसार केबलकारको टिकटमा प्रभु बैंकका कर्मचारीलाई २५ प्रतिशत र बैंकका ग्राहक तथा क्रेडिटकार्ड, डेबिट कार्ड प्रयोगकर्तालाई १० प्रतिशत विशेष छुट प्राप्त गर्न सक्नेछन्।
अन्नपूर्ण केबलकारको तर्फबाट मार्केटिङ म्यानेजर अरुण कोइराला र प्रभु बैंकको तर्फबाट म्यानेजर गणेश सुवेदीले समझदारी पत्रमा हस्ताक्षर गरे।
अन्नपूर्ण केबलकार प्रा.लिले पोखराको लेकसाइड सेदीबगरदेखि कास्कीको सराङकोटसम्म केबलकार सेवा प्रदान गर्दै आएको छ।
उक्त केबलकार यात्रामा माछापुच्छ्रे, धौलागिरी, अन्नपूर्ण, लम्जुङ हिमाल लगायतका हिमशृंखला, फेवाताल, तालबराही, हरियाली प्राकृतिक छटाहरुको दृश्यका साथसाथै सूर्योदय र सूर्यास्तको अनुपम एवं मनमोहक दृश्यावलोकन गर्न सकिन्छ।
Shares
प्रतिक्रिया