ad ad

कारोबार


सामसङ टिभी खरिदमा विशेष अफर, नयाँ किन्दा ३८ प्रतिशतसम्म छुट

सामसङ टिभी खरिदमा विशेष अफर, नयाँ किन्दा ३८ प्रतिशतसम्म छुट

नेपालखबर
जेठ ३०, २०८१ बुधबार १६:१७, काठमाडौँ

चर्चित टिभी ब्रान्ड सामसङले आगामी फुटबल सिजनको लागि नेपाली बजारमा विशेष अफर ल्याएको छ। 

फुटबल फ्यानहरूको लागि सामसङले नवीनतम टिभीहरूमा ३८ प्रतिशतसम्मको छुट प्रदान गर्ने भएको हो। 

अफरमा चयन गरिएका ठूलो टिभी मोडलहरू खरिद गर्दा ग्राहकहरूले निःशुल्क साउन्डबार प्राप्त गर्न सक्ने योजना रहेको कम्पनीले जनाएको छ। 

‘अन्य टिभीसँगै खरिद गरिएका चुनिँदा साउन्डबारहरूमा ५० प्रतिशतसम्म क्यासब्याकको अफर पनि उपलब्ध छ’, कम्पनीले भनेको छ, ‘क्रिस्टल–क्लियर पिक्चर गुणस्तर र इमर्सिभ साउन्ड सुनिश्चित गर्दै, सामसङले आफ्ना ग्राहकहरूका लागि अविस्मरणीय फुटबल सिजनको प्रतिज्ञा गरेको छ।’ 

यो अफर सामसङ इन्स्टा फाइनान्सको साथ पनि प्राप्त गर्न सकिन्छ। यसले ग्राहकहरूलाई १८ महिना अवधिको लागि ० प्रतिशत ब्याज ईएमआईमा सामसङका नवीनतम टिभीहरू खरिद गर्न सक्ने कम्पनीको भनाइ छ। 

यस विशेष सेवाको लाभ लिन ग्राहकहरुलाई मात्र आफ्नो नागरिकता पेश गरी ईएमआई पाइने सुविधा पनि उपलब्ध गराइएको छ।

ग्राहकहरूको लागि आफ्नो पुरानो इलेक्ट्रोनिक्स उपकरण तथा टिभीहरूलाई आर्कस्टोर डटकममार्फत नयाँ सामसङ टिभीसँग साट्न, एक्सचेन्ज सेवा पनि उपलब्ध गराइएको छ। निःशुल्क इन्सटलेसन् सेवा र खरिद गरिएको टिभीमा ३ वर्षको पूर्ण वारेन्टी जस्ता सुविधाहरूले सामसङका ग्राहकहरूलाई झन्झट रहित उत्कृष्ट टिभी किन्ने अवसर प्रदान गरेको छ। 

यो अफर आधिकारिक वितरक हिम इलेक्ट्रोनिक्स प्रा.लि र नेपालभर सामसङ टिभीहरूको लागि आधिकारिक पुनर्विक्रेता त्रिवेणी व्यापारद्वारा देशभरका डिलर नेटवर्क मार्फत उपलब्ध गरिएको हो। यो योजना आगामी असार ३१ सम्म लागु रहने कम्पनीले उल्लेख गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .