कर्णाली प्रदेश लोकसेवा आयोगमा रिक्त रहेको सदस्य पदमा भक्तबहादुर ढकाल नियुक्त भएका छन्।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सिफारिसमा ढकाललाई प्रदेश प्रमुख तिलक परियारले सदस्य पदमा नियुक्त गरेका हुन्।
प्रदेश प्रमुख परियारले आयोगमा रिक्त सदस्य पदमा प्रदेश लोकसेवा आयोग ऐन, २०७५ को दफा ३ को उपदफा (४) बमोजिम सुर्खेतका ढकाललाई बुधबार सदस्य पदमा नियुक्त गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ।
यसअघि सदस्य रहेका भक्तबहादुर खड्काको उमेर हदले अनिवार्य अवकाशमा परेपछि उक्त पद रिक्त रहेको थियो।
60
Shares
प्रतिक्रिया