मोबाइल व्यवसायमा चर्चित ब्राण्ड आइटेलले आफ्नो स्मार्टफोनको नयाँ मोडल नेपाली बजारमा ल्याएको छ।
नेपाल मोबाइल व्यवसायी महासंघको तेस्रो स्थापना दिवसका अवसर पारेर आइटेलले स्मार्टफोनको नयाँ मोडल पी५५ को बिहीबारबाट नेपाली बजारमा बिक्री सुरु गरेको हो।
सो मोडलका दुई भेरियन्ट बजारमा उपलब्ध हुनेछन्। यसमा चार जीबी र्याम प्लस १ सय २८ जीबफ रोम (चार प्लस आठ) र अर्को आठ जीबी र्याम प्लस १ सय २८ जीबी रोम (आठ प्लस सोह्र) क्षमता रहनेछ। ती फोनहरु ब्रिलियन्ट गोल्ड र अरोरा ब्लु कलरमा उपलब्ध हुनेछन्।
आइटेलका अनुसार ती स्मार्टफोनमा ५० मेगापिक्सलको क्यामेरा, ६ दशमलश ६ इन्चको एचडी प्लस डट डिस्प्ले, पाँच हजार एमएएच क्षमताको व्याट्री तथा १८ वाट को फास्ट चार्जिङ क्षमता छ।
ग्राहकले उचित मूल्यमा गुणस्तरीय स्मार्टफोनको लक्ष्य पूरा गर्नका लागि आइटेलले सो मोडललाई नेपाली बजारमा ल्याएको जनाएको छ।
ग्राहकको सुविधालाई ध्यानमा राख्दै आइटेलले यी मोडलमा १२ महिनाको वारेन्टी तथा एक सय दिनको रिप्लेसमेन्ट ग्यारेन्टी उपलब्ध गराइने जनाएको छ। सो आइटेल ब्राण्डको नेपालका लागि आधिकारिक बिक्रेता महालक्ष्मी मोबाइल रहनेछ।
Shares
प्रतिक्रिया