ad ad

कारोबार


भदौ २३ देखि नेपालभर उपलब्ध हुँदै सामसङ ग्यालेक्सी ए०६, मूल्य कति?

भदौ २३ देखि नेपालभर उपलब्ध हुँदै सामसङ ग्यालेक्सी ए०६, मूल्य कति?

नेपालखबर
भदौ १८, २०८१ मंगलबार १७:२५, काठमाडौँ

सामसङको ग्यालेक्सी ए०६ स्मार्टफोन नेपालमा आएको छ। 

यही भदौ २३ देखि उक्त फोन नेपालभरका स्टोरहरुमा उपलब्ध हुने कम्पनीले जनाएको छ। 

कम्पनीका अनुसार नयाँ प्रभावशाली सुविधाहरू र किफायती मूल्य निर्धारणको साथ सबैले मन पराउने गरी ग्यालेक्सी ए०६ डिजाइन गरिएको छ। 

सामसङको एन्ट्री–लेभल लाइनअपमा पछिल्लो संस्करणको रूपमा यो स्मार्टफोन ल्याएको कम्पनीको भनाइ छ। ग्यालेक्सी ए०६लाई स्लिकर र स्लिमर डिजाइनमा अपग्रेड गरिएको छ। यो फोन हातमा आरामसँग फिट हुन्छ र यो सुरक्षित पकडको लागि पनि उपयुक्त छ। 

डिभाइसमा पावरफुल ५० एमपी प्राइमरी क्यामेरा, २ एमपी डेप्थ सेन्सर, ८ एमपी फ्रन्ट क्यामेरा छ। यस फोनमा ६.७” को एचडी प्लस पीएलएस एलसीडी स्क्रिन छ र यसले माइक्रो एसडीमार्फत १ टीबीसम्म बाह्य मेमोरी सपोर्ट गर्छ।

यो फोनमा मिडिया टेक हेलियो जी८५ प्रोसेसर, ५००० एमएएच ब्याट्री र २५ वाटको तीव्र चार्जिङ सुविधा रहेको छ। 

कालो, हल्का निलो र नयाँ सुनौलो रंगमा उपलब्ध यो फोनको ४/६४ जीबी भेरियन्टको १५ हजार ४९९, ४/१२८ जीबी भेरियन्टको १७ हजार ४९९ र ६/१२८ जीबी भेरियन्टको १९ हजार ४९९ रुपैयाँ मूल्य निर्धारण गरिएको छ। यो फोन खरिदमा २५ वाट सामसङ एड्याप्टर निःशुल्क आउँछ। 

उपभोक्ताहरूले इन्स्टा फाइनान्स सेवाका साथमा नयाँ ग्यालेक्सी ए०६ सजिलैसँग प्राप्त गर्न सक्नेछन् । इन्स्टा फाइनान्स सबै अधिकृत सामसङ स्टोरहरूमा उपलब्ध हुने कम्पनीले जनाएको छ। 

यो सेवामा शून्य प्रतिशत ब्याज दरका साथ झन्झटमुक्त ईएमआई सेवाहरू र सजिलो प्रक्रिया समावेश छ। सेवालाई अझ सरल बनाउँदै अब उपभोक्ताहरूले सहजरुपमा मात्र आफ्नो नागरिकताको साथ डिभाइस प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .