ad ad

कारोबार


आईएमई पेबाट सामसङका सबै मोबाइलमा 'बाइ नाउ पे लेटर' सेवा उपलब्ध

आईएमई पेबाट सामसङका सबै मोबाइलमा 'बाइ नाउ पे लेटर' सेवा उपलब्ध

नेपालखबर
भदौ २५, २०८१ मंगलबार १७:२३, काठमाडौँ

डिजिटल वालेट आईएमई पेमार्फत सामसङका सबै प्रकारका मोबाइल फोन अब 'बाइ नाउ पे लेटर' फिचरमार्फत शून्य प्रतिशत ब्याजदरमा किस्तामार्फत खरिद गर्न सकिने भएको छ। 

हुलास फिन सर्भसँगको सहकार्यमा ल्याइएको यस अफरअन्तर्गत आइएमई पेका प्रयोगकर्ताहरूले ४० प्रतिशत डाउनपेमेन्ट गरी सामसङका जुनसुकै मोबाइल फोन खरिद गर्न सक्ने भएका हुन्। 
 
हालको लागि काठमाडौं, ललितपुर र भक्तपुर गरी उपत्यकाका तीनवटा जिल्लाहरुमा मात्रै यो सुविधा लागू गरिएको कम्पनीले जनाएको छ। सेवाग्राहीहरुले आईएमई पे एपमा रहेको  'बाइ नाउ पे लेटर'  अप्सनमा गई सोधिएको विवरण भरेर आफूले चाहेको मोबाइल फोन छनौट गरी ४० प्रतिशत डाउन पेमेन्ट गर्नुपर्ने हुन्छ।

यसपछि सम्पूर्ण प्रक्रियाको जानकारी एपमार्फत प्राप्त गर्न सकिन्छ। डाउनपेमेन्टपछिको ईएमआई भुक्तानी सेवाग्राहीहरुले आफ्नो आइएमई पे वालेटबाट गर्न सक्नेछन्।  
 
परम्परागत वित्तीय सेवालाई डिजिटलाइज गर्दै आइएमई पेले विभिन्न भुक्तानी सेवाहरुलाई आफ्नो एपमा अद्यावधिक गर्दै सेवाग्राहीहरुलाई थप सुविधा प्रदान गर्दै  आएको छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .