ad ad

राजनीति


उपसभामुखको कामले संसद्को शिर निहुर्‍यायो, राजीनामा दिनुस् : पदम गिरी

उपसभामुखको कामले संसद्को शिर निहुर्‍यायो, राजीनामा दिनुस् : पदम गिरी

नेपालखबर
भदौ २५, २०८१ मंगलबार १७:२७, काठमाडौँ

नेकपा (एमाले)का सांसद पदम गिरीले संसदको गरिमालाई बचाउनका लागि उपसभामुख इन्दिरा रानाले पदबाट राजीनामा दिनुपर्ने बताएका छन्।

मंगलबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद गिरीले उपसभामुख रानाले संसद बाहिरका व्यक्तिहरूलाई अमेरिका लान आफ्नो लेटरप्याड प्रयोग गरी दूतावासमा पत्र लेख्नुले संसदको गरिमामा आँच पुगेको बताए। 

‘संसदको गरिमामय व्यक्ति उपसभामुख। उहाँले गर्ने काम, व्यवहारहरू, उहाँले लिने निर्णयहरू निश्चित रुपमा यो संसदको अत्यन्तै कन्सनको विषय रहन्छ। संसदको गरिमासँग यो विषय जोडिन्छ भन्ने कुरा हामी सबैले ध्यान राख्नुपर्छ,’ उनले भने, ‘उपसभामुखले अमेरिकाको न्युर्योक सहरमा महिलाहरूको एउटा कार्यक्रममा जानको निम्ति आफ्नो लेटरप्याड प्रयोग गरेर त्यो पनि वैदेशिक रोजगारी व्यवसायीहरुको मिलेमतोमा संसदबाहिरका ४/५ जना मान्छेहरूलाई कार्यक्रममा जानका निम्ति दुतावासमा पत्र लेखेर दूतावास धाउने कुराले यो सिंगो संसदको गरिमामा आँच आएको छ कि छैन? सार्वभौमसत्ता सम्पन्न यो संसदका सदस्यहरूको शीर निहुरिएको छ कि छैन? यस्ता कुराहरूले लज्जित बनाउँछ।’

उपसभामुखको कदमले सांसदहरुको शिर निहुराएको र लज्जित बनाएको उनको भनाइ थियो। संसदको मर्यादा कायम राख्नका लागि उपसभामुखको राजीनामा आउनुपर्ने उनको भनाइ थियो।

‘यो कुनै प्रतिशोधको कुरा होइन। उपसभामुखज्यूले आफ्नो पदीय मर्यादा अनुरुपको काम गर्न सक्नुभएन। सम्मानित संसदको मर्यादा र गरिमालाई कायम राख्न सक्नुभएन,’ सांसद गिरीले भने।

उनले अघि थपे, ‘उहाँ आवद्ध रहेको दलसँग पनि बसेर छलफल गर्नुहोला र यसपछि निकास दिनुहोला भन्ने हामीलाई लागेको थियो। आज यत्तिका समयसम्म हामीले हे¥यौँ। यसमा कुनैपनि कदम नचालेपछि स्वभाविक रुपमा यो बाहिर चासोको विषय बन्यो। संसद भित्रको विषय पनि बनेको हो।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .