ad ad

कारोबार


कोरियाबाट फर्केर गाउँमै ड्रागन खेती

१५ महिनामै हुन थाल्यो आम्दानी
कोरियाबाट फर्केर गाउँमै ड्रागन खेती

नेपालखबर
भदौ २८, २०८१ शुक्रबार १३:४, बागलुङ

कोरियाबाट पाँच वर्षअघि फर्किएका बागलुङको काठेखोला गाउँपालिका( १ पालाका प्रतिमान थापा स्वादिलो फल ‘ड्रागन फ्रुट’को व्यावसायिक उत्पादनमा व्यस्त छन्। 

विसं २०७७ मा ड्रागन फ्रुटका एक हजार पाँचसय बिरुवा लगाएका थापाले १५ महिनामै फल टिप्न थालेका छन्। 

कोरोनाकालमा कोरियाबाट गाउँ फर्केका थापाले युट्युब भिडिओ हेरेकै आधारमा गरेको ड्रागन फ्रुटले व्यावसायिक उत्पादन थालेका थिए। 

२० लाख रुपैयाँ लगानी गरेर १५ रोपनी जग्गामा ड्रागन फ्रुटखेती थालेका उनले बाट हालसम्म एक हजार दुई सय केजी उत्पादन भइसकेको बताए। छोटो समयमै चार लाखभन्दा बढी रकम ड्रागन फ्रुटबाट आम्दानी भइसकेको छ। ड्रागन फ्रुट फलफूलमध्येकै सबैभन्दा सजिलो खेती रहेको उनी बताउँछन्। 

‘चितवनबाट एक हजार पाँच सय बिरुवा ल्याएर खेती शुरु गरेको थिएँ, अहिले ड्रागन फ्रुटलाई प्रतिकेजी चार सयमा बजार पठाइरहेको छु’, उनले भने, ‘बेनी, पोखरा र बागलुङ बजारमा खपत भइरहेको छ।’

यो फल खेतीका लागि अन्य बालीलाई जस्तो धेरै मेहनत गर्नु नपर्ने र सुरुमा सिमेन्टको पोल बनाएर बिरुवा लगाइदिए राम्रोसँग सर्ने थापाले बताए।

 ‘एकपटक लगानी गरेपछि निरन्तर लगानी थप्न नपर्ने, उत्पादन हुने र फाइदाका हिसाबले ड्रागन फ्रुट बुहुगुणी भएकाले बजारको सम्भावना अत्यधिक छ’, उनी भन्छन्, ‘जेठदेखि उत्पादन सुरु भएको फल १५ दिन बिराएर मङ्सिरसम्म टिप्न पाइन्छ।’ रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .