सुनको मूल्य बढेको छ।
मंगलबार सुन प्रतितोला १ लाख १८ हजार ६ सय रुपैयाँमा कारोबार भएको हो।
तेजाबी सुन पनि आज १ लाख १८ हजार ५० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
अघिल्लो दिन भने छापावाल सुन १ लाख १८ हजार ३ सय र तेजाबी सुन १ लाख १७ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको थियो।
यता चाँदीको मूल्य तोलामा १५ रुपैयाँले बढेको छ। महासंघका अनुसार चाँदी १ हजार ४ सय २० रुपैयाँमा कारोबार भएको छ।
21
Shares
प्रतिक्रिया