आइतबारदेखि बेपत्ता अमेरिकाको इन्डियानास्थित पर्ड्यु विश्वविद्यालयमा डबल मेजर अध्ययनरत भारतीय विद्यार्थीको मृत्यु भएको पुष्टि भएको छ।
विश्वविद्यालयले विद्यार्थी नील आचार्यको मृत्यु भएको जानकारी दिएको हो।
विश्वविद्यालयको कम्प्युटर विज्ञान विभागका अन्तरिम प्रमुख क्रिस क्लिफ्टनले सोमबार विभागलाई पठाएको इमेलमा भनेका छन्, "यो अत्यन्तै दुःखका साथ हाम्रा एक विद्यार्थी नील आचार्यको निधन भएको जानकारी गराउँछु। उनको निधनमा कम्प्युटर विज्ञान विभागले गहिरो दुःख व्यक्त गरेको छ। हामी धेरै दुखी छौँ।"
प्रहरीले मौरिस जे. जुक्रो ल्याबबाहिर एक युवकको शव फेला परेको र स्वास्थ्य परीक्षणपछि शव नील आचार्यको भएको पुष्टि भएको हो।
138
Shares
प्रतिक्रिया