सुनको मूल्य ह्वात्तै बढेको छ।
शुक्रबारको तुलनामा प्रतितोला सुनको मूल्य २ हजार रुपैयाँले बढेको हो।
योसँगै आइतबार छापावाल सुन १ लाख २१ हजार रुपैयाँ र तेजाबी सुन १ लाख २० हजार ४ सय रुपैयाँमा कारोबार भएको छ।
त्यस्तै चाँदीको मूल्य १ हजार ४ सय १० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
शुक्रबार छापावाल सुन १ लाख १९ हजार, तेजाबी सुन १ लाख १८ हजार ४ सय ५० र चाँदी १ हजार ३ सय ९० रुपैयाँमा कारोबार भएको थियो।
141
Shares
प्रतिक्रिया