सुन र चाँदीको मूल्य आइतबार पनि यथावत् छ।
शुक्रबार ऐतिहासिक उचाइ प्राप्त गरेको सुन र चाँदी क्रमशः १ लाख ३० हजार र १ हजार ५ सय २५ रुपैयाँमा रोकिएको हो।
आइतबार छापावाल सुन १ लाख ३० हजार, तेजाबी सुन १ लाख २९ हजार ४ सय र चाँदी १ हजार ५ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ।
उता अन्तर्राष्ट्रिय बजारमा पनि सुन प्रतिऔँस २ हजार २ सय ३२ रुपैयाँमा कारोबार भएको एजेन्सीहरुले जनाएका छन्।
4.9k
Shares
प्रतिक्रिया