नेपालखबरकर्मी सागर न्यौपाने सम्मानित भएका छन्।
उनी उत्कृष्ट युवा पत्रकारिता पुरस्कार २०८० बाट सम्मानित भएका हुन्। शनिबार रिपोर्टस् क्लबको २६औँ वार्षिक उत्सव कार्यक्रममा न्यौपानेलाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्मान पत्र प्रदान गरे।
रिपोर्टस् क्लबले प्रत्येक वर्ष पत्रकारिकता क्षेत्रमा लागेर विभिन्न विधामा उत्कृष्ट काम गरेका पत्रकारलाई सम्मान गर्ने गरेको छ।
कार्यक्रममा प्रधानमन्त्री दाहाललगायत पूर्वप्रधानमन्त्री केपी शर्मा ओली समेतको उपस्थिति थियो।
नेपालखबरकर्मी न्यौपाने प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य तथा नेपाल पत्रकार महासंघ, ललितपुर शाखाका अध्यक्ष समेत हुन्।
882
Shares
प्रतिक्रिया