सुनको मूल्य १ हजार ३ सय रुपैयाँ प्रतितोला घटेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार १ लाख ३४ हजार प्रतितोला मूल्य पुगेर उच्च विन्दुमा पुगेको सुन शुक्रबार घटेको हो।
योसँगै छापावाल सुन आज १ लाख ३२ हजार ७ सय रुपैयाँ र तेजाबी सुन १ लाख ३२ हजार ५० रुपैयाँमा कारोबार भएको छ।
त्यसैगरी चाँदीको मूल्य पनि घटेको छ। आज चाँदी १ हजार ६ सय १५ रुपैयाँमा कारोबार भएको छ।
1.3k
Shares
प्रतिक्रिया