देशभरसँगै काठमाडौँ उपत्यकाको तापक्रम पनि दिनप्रतिदिन बढिरहेको छ।
आज (शुक्रबार) काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम नै १५ डिग्री सेल्सियसमा उक्लिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम ३० देखि ३२ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरिएको छ।
महाशाखाले हरेक दिन बिहान ८:४५ बजे न्यूनतम र साँझ ५:४५ बजे अधिकतम तापक्रम सार्वजनिक गर्न गर्छ।
आज पनि काठमाडौँ उपत्यकामा बिहानैदेखि चर्काे घाम लागेको छ। जसले गर्दा गर्मी बढेको छ।
महाशाखाले आज पनि काठमाडौँ उपत्यकामा वर्षाको सम्भावना देखाएको छैन। आंशिक रूपमा बादल लाग्ने सम्भावना भने छ।
महाशाखाका अनुसार आज बिहान ५ बजेर ५० मिनेटमा सूर्य उदाएको थियो भने अब साँझ ६ बजेर २४ मिनेमा अस्ताउनेछ।
123
Shares
प्रतिक्रिया