सुनको मूल्य आज एक हजार सात सय रुपैयाँ प्रतितोलाको दरले वृद्धि भएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन १ लाख ३९ हजार २ सय रुपैयाँ पुगेको हो।
त्यसैगरी तेजाबी सुन पनि आज १ लाख ३८ हजार ५ सय ५० रुपैयाँमा कारोबार भएको छ।
अघिल्लो दिन छापावाल सुन १ लाख ३७ हजार ५ सय, तेजाबी सुन १ लाख ३६ हजार ८ सय ५० रुपैयाँमा कारोबार भएको थियो।
मंगलबार चाँदीको मूल्य पनि ह्वात्तै बढेको छ। अघिल्लो दिन १ हजार ७ सय १५ रुपैयाँमा कारोबार भएको चाँदी आज १ हजार ७ सय ५० रुपैयाँ पुगेको हो।
1.4k
Shares
प्रतिक्रिया