सुनको मूल्य फेरि बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला १ हजार रुपैयाँले बढेको हो।
योसँगै आज छापावाल सुन १ लाख ४१ हजार ८ सय र तेजाबी सुन १ लाख ४१ हजार १ सय रुपैयाँमा कारोबार भएको छ।
शुक्रबार चाँदीको मूल्य पनि १० रुपैयाँले बढेको छ। चाँदी आज प्रतितोला १ हजार ७ सय ९० रुपैयाँ पुगेको हो।
अघिल्लो दिन छापावाल सुन १ लाख ४० हजार ८ सय, तेजाबी सुन १ लाख ४० हजार १ सय र चाँदी १ हजार ७ सय ८० रुपैयाँमा कारोबार भएको थियो।
उता अन्तर्राष्ट्रिय बजारमा सुन २ हजार ३ सय २५ र चाँदी २९.११ अमेरिकी डलर प्रतिऔँस मूल्यमा कारोबार भएको एजेन्सीहरुले जनाएका छन्।
303
Shares
प्रतिक्रिया